Fri. Mar 29th, 2024

राष्ट्रियसभा नियमावली संशोधन समितिको म्याद थपियो

२ फागुन, काठमाडौं

राष्ट्रियसभा नियमावली संशोधन गर्न गठित मस्यौदा समितिको म्याद १५ दिन थपिएको छ । समितिका सभापति परशुराममेघी गुरुङले बिहिबार पेश गरेको म्याद थपसम्बन्धी प्रस्ताव बैठकले पारित गरेपछि समितिको म्याद थप भएको हो ।

गत १३ पुसमा बसेको राष्ट्रियसभा बैठकद्वारा गठित समितिमा सभापति गुरुङ, जितेन्द्रनारायण देव, जीवन बुढा, दिलकुमारी रावल थापा पार्वती, रामनारायण विडारी, विद्यादेवी आले राना, वृषेशचन्द्र लाल, प्रमिला कुमारी र शेरबहादुर कुँवर सदस्य छन् ।

पन्ध्र दिनभित्र संशोधनको मस्यौदा बुझाउने म्याद पाए पनि अहिलेसम्म समितिको जम्मा चार वटा बैठक बसेको छ । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार अपरान्ह चार बजेका लागि बोलाइएको छ ।

२०७५ फागुन २ गते प्रकाशित

 

About The Author

Loading...

अन्य समाचारहरु: