Today: October 24, 2017

नेपालको राँगाको मासु चिनमा निर्यात

४ असोज, काठमाडौं –

 

नेपालबाट राँगा, भैंसीको मासु दैनिक रुपमा चिनमा निर्यात भईरहेका छन् ।

मासुको उक्त परिकारको चीनमा अत्यधिक माग छ । तर  त्यो सीधा नभई तेस्रो मुलुक हुँदै चीन पुग्छ । भारत, भियतनाम र थाइल्यान्ड हुँदै चीन पुर्‍याइने हुनाले सरकारी अभिलेखमा चीन निर्यात भएको देखिँदैन । नेपालमा खुलेका मासुजन्य उद्योगमा समेत चिनियाँ लगानीकर्ताको लगानी छ, जसले नेपाली व्यवसायीसँग साझेदारी गरेका छन् । ती लगानीकर्ताको मुख्य उदेश्य आफ्नो मुलुकमा रहेको अत्यधिक माग धान्नु हो ।

अन्य मुलुकको तुलनामा नेपालबाट उत्पादित मासु सस्तो पर्छ । नेपालले राँगा र भैंसीको मासुको उत्पादन बढाउने हो भने चीन निर्यातको सम्भावना प्रचुर रहेको व्यवसायीको भनाइ छ । चिनियाँ लगानीमा नेपालमा हालसम्म १० वटा मासु उद्योग खुलिसकेका छन् । तर, तीमध्ये अधिकांश बन्द छन् । वीरगञ्ज र हेटौंडाका उद्योग बन्द भइसकेको व्यवसायीहरुले जानकारी दिए ।

भारतबाट चराउँदै नेपाल भित्र्याइएका राँगा, भैंसी ती उद्योगमा पुर्‍याएर काटिन्छ र मासु प्रशोधन गरिन्छ । उद्योग विभागका अनुसार आर्थिक वर्ष ०७३/७४ मा ३६ करोड रुपैयाँको राँगा तथा भैंसीको मासु थाइल्यान्ड, भियताम र लाओस निर्यात भएको छ । आव ०७२/७३ मा उक्त परिमाण ३५ करोड रुपैयाँ बराबर थियो । आव ०७१/७२ मा ६६ करोडको निर्यात भएको थियो भने आव ०७०/७१ मा ७१ करोडको निर्यात भएको थियो । र, त्यो सबै चीन पुर्‍याइएको थियो ।

 

२०७४ असोज ४ गते प्रकाशित

Loading...

Leave a comment


ताजा अपडेट