Today: December 19, 2018

सिद्धलेकमा मेगा बैंक नेपाल लिमिटेड धादिङको शाखा रहित बैंकिङ्ग सेवा संचालन

१५ मंसिर, धादिङ –

मेगा बैंक नेपाल लिमिटेडले धादिङको सिद्धलेक गाउँपालिका १ अन्तर्गत बैरेनीमा शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन कार्यक्रम गरेको छ ।
जिल्ला समन्वय समितीका सदस्य कृष्ण अर्यालले सो सेवाको उद्घाटन गरेका हुन् ।

घरदेखी वैंकसम्म पुग्न नसकेका नागरिकहरुलाई लक्षित गर्दै यस सेवा संचालनमा ल्याएको व्यवसायी प्रतिनिधी भगवान भट्टले बताए ।  यस सेवामा रकम डिपोजिट , दश लाख सम्मको लोन तथा वैंकमा हुने सम्पुर्ण कार्यहरु संचालनमा आउने उनले बताए ।

यस अघि मेघा बैँक धादिङको सुनौलाबजारमा रहेको साखा संचालनमा रहेको छ भने नलाङको ठाटी भञ्ज्याङमा पनि साखा रहित बैंकिङ्ग सेवा संचालन गरेको थियो हाल त्यो साखाहरु संचालनमा छैनन् ।

२०७५ मंसिर १५ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट