Fri. Mar 29th, 2024

धादिङको चरौँदीमा कृषि, पर्यटन तथा औद्योगिक मेला सुरु


१४ मंसिर, धादिङ –

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पूर्वाधार’ भन्ने मूल नाराका साथ धादिङमा मेला सुरु भएको छ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिकास्थित चरौदीमा कृषि, पर्यटन तथा औद्योगिक मेलाको आयोजना गरिएको हो । धादिङ उद्योग वाणिज्य संघ, दक्षिण क्षेत्रिय समितिको आयोजना तथा वेनिघाट रोराङ गाउँपालिकाको सहआयोजनामा संचालन गरिएको हो । मेलाको नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए ।

मंसिर २३ गतेसम्म संचालन हुने मेलाको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी, हस्तकलाको प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ । अघिल्ला वर्षहरुमा जस्तै निरन्तर काम गरिरहेको संघले प्रत्येक वर्ष मेला, महोत्सवको आयोजना गर्दै आइरहेकोे छ ।

जिल्लाको कृषि, पर्यटन प्रवद्र्धन तथा आद्योगिक क्षेत्रको प्रचारका लागि मेलाको आयोजना गरिएको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष बोदनाथ दुवाडीले जानकारी दिए ।

मेलामा कृषि प्रदर्शनी, त्रिशुली नदिमा ¥याफटिङ, हस्तकला प्रदर्शनी तथा बिक्री, आदिवासीहरुको भेषभूषा, संस्कृति तथा रहनसहनको प्रदर्शनी, इलेक्ट्रोनिक्स वस्तुको प्रदर्शनी तथा बिक्री लगायतको रहनेछ ।

१० दिनसम्म चल्ने मेलामा १ लाख जनालाई सहभागी गराउने लक्ष्य रहेको छ भने ५ करोड बराबरको कारोबार हुने दुवाडीले जानकारी दिए । मेलाको तयारीका लागि १५१ जना सदस्यीय आयोजक समिति निर्माण गरि तयारी गरिरहेको छ ।

२०७५ मंसिर १४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: