Thu. Mar 28th, 2024

मेलम्ची खानेपानीको सुरुङ अब दुई महिनाभित्र तयार

२२ कार्तिक, काठमाण्डौ ।
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने काम अबको दुई महिनाभित्रै पूरा हुने भएको छ । अब करिब १२ सय मिटर मात्रै सुरुङ खन्न बाँकी छ । हाल दैनिक १८ मिटरका दरले खन्ने काम भइरहेकाले ६२ दिनभित्रै सुरुङ तयार भइसक्नेछ । आगामी १५ पुुसभित्र सुरुङको ‘ब्रेक थु्र’ हुने आयोजनाले जनाएको छ ।
आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले आगामी १५ पुस आसपासमा सुरुङ खन्ने काम पूरा हुने बताए । ‘अब १२ सय मिटर सुरुङ खन्न बाँकी छ । दैनिक १८ मिटर सरदरमा खन्ने काम भए बाँकी भाग खन्न ६२ दिनमै ब्रेक थु्र हुन्छ,’ उनले भने ।
लार्के र यांग्रीको डिपिआर अन्तिम चरणमा
मेलम्ची खानेपानीको दोस्रो फेजका रूपमा लार्के र यांग्री खानेपानी आयोजना निर्माण कार्य यसै वर्ष सुरु हुनेछ । यसका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

९६ प्रतिशत काम पूरा
सिन्धुपाल्चोकको मेलम्चीबाट पानी ल्याउन २७.५८४ किमि सुरुङ खन्नुपर्ने हुन्छ । त्यसमध्ये २६.५८४ किमि सुरुङ खनिसकिएको छ । हालसम्म ९६ प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भइसकेको आयोजनाको भनाइ छ । यसक्रममा करिब २२ अर्ब रुपैयाँ सकिइसकेको छ । आयोजनाका लागि झन्डै २७ अर्ब रुपैयाँ बजेट विनियोजित गरिएको छ । आयोजनाका अनुसार अहिले अम्बाथानको तल्लो भाग, सिन्धुको माथिल्लो भाग र ग्याल्थुमको माथिल्लो र तल्लो दुवै भागबाट सुरुङ खन्ने काम दु्रत रूपमा अघि बढेको छ ।,
नयाँ पत्रिका दैनीकबाट ।
२०७४ कार्तिक २२ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: