Thu. Mar 28th, 2024

धादिङमा ‘मिस धादिङ क्विन’ प्रतियोगीता हुने, भदौ २ गतेदेखि अडिसन

१६ साउन, धादिङ –

धादिङमा मिस धादिङ क्विन प्रतियोगीता हुने भएको छ । महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्य सहित लुक्स फेसन होम एण्ड मनेजमेन्ट प्राइभेट लिमिटेडले प्रतियोगीता आयोजना गर्न लागेको हो ।

भदौ २ गतेदेखि जिल्लाका विभिन्न ठाउँमा हुने अडिसनका लागि फाराम खुल्ला भएको आयोजक संस्थाका म्यानेजमेन्ट डाइरेक्टर रविन्द्र बज्राचार्यले जानकारी दिए । प्रतियोगीतामा एसईई दिएर बसेका १५ वर्षदेखिका युवतीहरु सहभागी हुन पाउने बज्राचार्यले बताए ।

प्रतियोगिताका बिजेता मिस धादिङ क्विनलाई उपाधि सहित विभिन्न आकर्षक पुरस्कारहरु प्रदान गरिने आयोजकले जानकारी दिएको छ । मिस धादिङ क्विनसँगै फस्ट रनरअफ, सेकेण्ड रनरअफ लगायत विभिन्न मिस व्युटि, स्माईल, डिसिप्लिन, पर्सानालिटि लगायतका टाइटल अवार्ड समेत प्रदान गरिनेछ ।

प्रतियोगीतामा सहभागीका लागि आवेदन दिन आयोजकले आग्रह गरेको छ । साउन अन्तिमसम्म आवेदन फाराम भर्नका लागि आग्रह गरिएको छ । अडिसनमा छानिएका प्रतियोगीहरुलाई २५ दिनसम्म नेतृत्व विकास तालिम, प्रतिभा प्रस्फुटन लगायतका तालिम प्रदान गरिसकेपछि फाइनलमा प्रवेश गर्न पाउनेछन् ।

२०७५ साउन १६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: