Fri. Mar 29th, 2024

मोड्रिचले जिते बालोन डी ओरको उपाधि


१८ मंसिर, धादिङ –

क्रोयसियाका मिडफिल्डर लुका मोड्रिचले बालोन डी ओरको उपाधि जितेका छन् । फिफा वर्ष खेलाडी समेत बनेका मड्रिचले फाइनलमा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

विश्वकपमा आफ्नो देशलाई फाइनलसम्म पुर्‍याउनुका साथै रियल मोड्रिचले च्याम्पियन्स लिगको उपाधि दिलाउँदा महत्वपूर्ण योगदान दिएका ३३ वर्षीय मड्रिच सन् २००७ पछि रोनाल्डो र मेसी बाहेक यो उपाधि जित्ने पहिलो खेलाडी बनेका छन् । करियरमा पहिलो पटक बालोन डी ओरको उपाधि जितेका मोड्रिचभन्दा अगाडी सन् २००७ मा ब्रजिलियन खेलाडी काकाले यो उपाधि उचालेका थिए । त्यसपछि लगातार १० वर्ष मेस्सी र रोनाल्डोले उपाधिमा कब्जा जमाए ।

मोड्रिचपछि यसपटक रोनाल्डो दोस्रो स्थानमा रहे भने तेस्रो स्थानमा एन्टोइन ग्रिजम्यान र चौथो स्थानमा केलियन एम्बाप्पे रहे । मेस्सी यसपटक पाँचौ स्थानमा रहे । मोड्रिचले कुल सात सय ५३ अंक पाए भने रोनाल्डोले चार सय ७६ र ग्रिजम्यानले चार सय १४ अंक प्राप्त गरेका थिए ।

अवार्ड जितेपछि मोड्रिचले रोनाल्डो र मेसी उत्कृष्ट खेलाडी भएको प्रतिक्रिया दिएका थिए । यस्तै पहिलो पटक महिला विधाको उपाधि नर्वेकी स्ट्राइकर एडा हेगरबर्गले जितिन् । यसैवर्ष देखि यो विधामा महिला तर्फको अवार्ड पनि रोखिएको थियो । कोपा ट्रफि अवार्ड केलीयन एम्बाप्पेले हात पारे । अहिलेसम्म यो अवार्ड रोनाल्डोले ५ पटक र मेस्सीले पनि पाँच पटक जितेका छन् ।

२०७५ मंसिर १८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: