Thu. Mar 28th, 2024

मुक्तिनाथ विकास बैकको नाफा ४९ करोड ६३ लाख

 

६ साउन, धादिङ

 

 

मुक्तिनाथ विकास बैकले आर्थिक वर्ष ०७३०७४ मा ४९ करोड ६३ लाख नाफा आर्जन गरेको छ ।

गत वर्षको सोही अबधिको तुलनामा यो ३८ दशमलब ३० प्रतिशतले बढी हो । बैंकको कुल निक्षेप गत वर्षको सोहि अवधिको तुलनामा ४८.७६ प्रतिशतले बृद्धि भई रु. १६ अर्व ७७ करोड पुगेको छ ।

त्यस्तै कुल कर्जा लगानी ५४.६४ प्रतिशतले वृद्धि भई रु. १५ अर्व ३१ करोड पुगेको छ । बैंकका आफ्ना बित्तीय सूचकांकहरु प्रति शेयर वार्षिक आम्दानी रु ३२.११ प्रतिशत, प्रति शेयर कुल सम्पत्तीको मूल्य रु. १,२७८.२९, मूल्य आम्दानी अनुपात ३०.२४, (वार्षिक) तरलता अनुपात २२.६७ प्रतिशत, प्रति सेयर नेटवर्थ रु.१४९.८० र पूँजीकोष अनुपात १४.९६ प्रतिशत पु¥याएको छ भने न्यून खराब कर्जा ०.०२ प्रतिशत कायम गर्न सफल भएको छ, जुन गत आर्थिक वर्षको यही अवधिमा ०.०९ प्रतिशत रहेको बैकले जानकारी दिएको छ ।

 

२०७४ साउन ६ गते प्रकाशित

 

About The Author

Loading...

अन्य समाचारहरु: