Thu. Mar 28th, 2024

एन प्याब्सनको हिज्जे प्रतियोगीता सम्पन्न, कार्यलय उद्घाटन

७ मंसिर, धादिङ –

राष्ट्रिय निजि तथा आवासिय विद्यालय एसोसिएसन (एनप्याब्सन) धादिङले प्राथमिक तहको जिल्ला स्तरीय अंग्रेजी हिज्जे प्रतियोगीता सम्पन्न गरेको छ ।

प्रतियोगीतामा मण्डली इङ्लिस बोर्डिङ स्कुल ढोलाले प्रथम स्थान हाँसिल गरेको थियो भने न्यु किवो बोर्डिङ दितिय स्थान हाँसिल गरेको थियो । त्यस्तै मिलन बालबाटिका बोर्डिङ स्कुल तृतिय भयो भने धादिङ बोर्डिङले सान्त्वना स्थान हात पारेको छ ।

एन प्याब्सनमा आवद्ध भएका ११ वटा विद्यालय प्रतियोगीतामा सहभागी भएका थिए । विद्यार्थीहरुलाइ अंङग्रेजी हिज्जेमा अभ्यस्त बनाउन तथा बालबालिकाहरुको पठन क्षमता अभिबृद्धिको लागि प्रतियोगीताको आयोजना गरिएको एन प्याब्सन धादिङका अध्यक्ष काशीनाथ कोइरालाले जानकारी दिए ।

प्रतियोगीताको पुरस्कार वितरण समारोहमा बोल्दै प्रमुख अतिथि एवं शिक्षा विकास तथा समन्वय इकाइ धादिङका अधिकृत कृष्ण कुमार श्रेष्ठले यस्ताखाले प्रतियोगीताले बालबालिकाको सिकाइ स्तरमा समेत बृद्धि हुने भएकाले प्रतियोगीताहरु सदरमुकाम केन्द्रित मात्र नभइ गाउँ गाउँका बोर्डिङ स्कुलमा आयोजना गर्न सुझाव दिए ।

यसैविच एनप्याब्सन धादिङले आजै आफ्नो कार्यलयको समेत उद्घाटन गरेको छ । सस्थाको बार्षिक गतिविधिहरुलाइ सहज रुपले सम्पन्न गर्न तथा एनप्याब्सनमा आवद्ध भएका विद्यालयहरुको साझा समस्या माथी छलफल गर्नको लागि कार्यलय आवश्यक भएपछि सदरमुकाम स्थित किवो वोर्डिङ नजिकै जिल्ला कार्यलय स्थापना गरिएको हो ।

कार्यलयमा एनप्याब्सनमा आवद्ध भएकाहरुलाइ आवासिय सुविधा समेत रहेको कार्यलय उद्घाटन कार्यक्रममा जानकारी दिइयो ।

२०७५ मंसिर ७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: