Sat. Apr 20th, 2024

नेकपाले टुंगो लगायो ७७ जिल्ला कमिटी अध्यक्ष र सचिव

फाइल फोटो

८ वैशाख, काठमाडौं –

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकताको झण्डै एक वर्षपछि जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। आइतबार बिहान नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेको थियो ।

नेकपाको जिल्ला पदाधिकारी चयनमा पूर्वएमालेको दुई गुट ओली र माधव नेपाल समूहबीच विवाद थियो । नेकपाले जनप्रतिनिधिलाई कार्यकारी पद नदिने मापदण्ड बनाएको थियो तर, ओली समूहले वरिष्ठतालाई मिचको एकलौटी गरेको नेपाल समूहको दाबी थियो ।

यहि विवादले एकता प्रक्रिया लम्बिएपछि हालै मात्र प्रचण्डले जनप्रतिनिधि भएपनि जिल्लाको कार्यकारी पदमा चयन गर्ने नयाँ प्रस्ताव राखे, जसमा दुबै नेता सहमत भए ।

स्रोतकाअनुसार भागवण्डा गर्दा पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा तत्कालीन एमालेको अध्यक्ष जनप्रतिनिधि भएको भएपनि उनलाई नै एकीकृत पार्टीको जिल्ला अध्यक्ष बनाइनेछ ।

सचिव पाएको जिल्लामा पनि तत्कालीन एमालेको अध्यक्ष नै घटुवा भएर जिल्ला सचिव हुने पर्नेछ । पार्टीको निर्णय भएकाले पद लिन्न भन्न नपाइने एक नेताले बताए ।

नेताहरूका अनुसार तत्कालीन एमाले र माओवादीबीच जिल्ला अध्यक्ष र सचिवमा ६०/४० (सम्भवत ४७/३०) को भागवण्डा हुनेछ । महासचिव विष्णु पौडेलले तयार पारेको सूचीलाई अध्यक्षद्वयले अन्तिम रुप दिएपछि मात्र सार्वजनिक गरिने एक नेताले बताए ।

२०७६ बैशाख ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: