Fri. Apr 26th, 2024

नेकपा स्थायी समिति बैठक सुरु

२ पुस, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ। सुरु भएको बैठकमा अध्यक्ष द्वयले पेश गरेको राजनीतिक प्रतिवेदनमा छलफल भइरहेको बताइएको छ। बैठक ११ बजेदेखि सुरु भएको हो। संयुक्तरुपमा पेश भएको प्रतिवेदनमा पार्टी सञ्चालन, सरकारको समीक्षा र आगामी कार्यभार समेटिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

शनिबारकाे बैठकमा वामदेव गौतमले भने फरक प्रस्ताव पेश गरेका थिए। उनकाे प्रस्तावमा समेत साेमबारकै बैठकमा छलफल हुने बताइएकाे छ। बैठकमा पेश गरिएका प्रस्तावलार्इ स्थायी समिति सदस्यहरुमाझ अध्ययनको लागि समय दिइसकेपछि पुन: साेमबार बैठक बसेकाे हाे। स्थायी कमिटी बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम कारवाहीलाई टुँगोमा पुर्‍याउने विश्वास लिइएको छ।

२०७५ पुष २ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: