Fri. Mar 29th, 2024

नेकपा धादिङको अध्यक्षमा भूमि त्रिपाठी, सचिवमा शालिकराम जम्कट्टेल


९ बैशाख, धादिङ –

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङको अध्यक्षमा भूमि त्रिपाठी चयन भएका छन् । तत्कालिन नेकपा एमाले अध्यक्ष रहेका त्रिपाठी धादिङ क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य हुन् ।

त्यस्तै सचिवमा तत्कालिन माओवादीका जिल्ला अध्यक्ष शालिकराम जम्कट्टेल चयन भएका छन् । उनी ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हुन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले धादिङसहित ७७ जिल्लामा पार्टी नेतृत्वको टुंगो लगाएको हो ।

नेकपाले ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ ।

२०७६ बैशाख ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: