Today: October 22, 2018

धादिङमा नेकपाको संयुक्त बैठक, यस्ता छन् निर्णयहरु


२५ असोज, धादिङ –

धादिङमा नेकपाको संयुक्त बैठक बसेर विभिन्न निर्णयहरु गरेको छ । बुधबार नेकपाका नेता खेम लोहनीको अध्यक्षतामा नेकपा धादिङ अन्र्तगत साविक नेकपा एमाले र नेकपा (मा.के) धादिङका पदाधिकारीहरुको संयुक्त बैठक मदन आश्रित भवनमा बसेको हो ।

बैठकले ज्ञान अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेकपा ३ न प्रदेश कमिटिको बैठकका निर्णय परिपत्र बाचन गरी एकरुपतामा कार्यन्वयन गर्ने निर्णय गरेको छ ।

दैनिक कार्यलय संचालन गर्न मदन आश्रित भवनबाटै कार्य संचालन गर्ने, कार्यलय संचालन गर्दा नयाँ जिल्ला कमिटिले पूर्णता नपाए सम्म साविक दुवै पार्टीका पदाधिकारी रहने साथै कार्यलय सचिव क. प्रेम सिलवाल र गंगादेवी श्रेष्ठलाई थप गर्ने निर्णय गरेको छ ।

त्यस्तै कात्तिक ९ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्ने र साविक दुवै पार्टीको सदस्यहरुको सदस्यतालाई नेकपामा एकिकृत गरि विवरण सहित अद्यावधिक तथ्याङक तयार गर्ने निर्णय गरिएको नेकपा धादिङले जानकारी दिएको छ ।

२०७५ असोज २५ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट