Today: November 18, 2018

स्थानीय तहमा नेकपाका ‘स्वस्फूर्त एकीकरण’,केन्द्रमा अलमल्ल

१८ कात्तिक,काठमाडौं

केन्द्रबाट पार्टी एकीकरण प्रक्रिया अघि नबढेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थानीय तहका कमिटीहरुको एकीकरण तलबाटै शुरु भएको छ । प्रदेश कमिटीसँग समन्वय गरेर स्थानीय तहको एकीकरण अघि बढेको हो ।

कात्तिक महिनाभित्र जिल्ला कमिटीसम्म एकीकरण टुंगो लगाउने भनिए पनि नेकपाको स्थायी कमिटी बैठकनै अनिश्चितकालका लागि स्थगित भएको छ । यसबीचमा महासचिव विष्णु पौडेल र केन्द्रीय सचिवालय सदस्य रामवहादुर थापा बादल रहेको दुई सदस्यीय कार्यदलले एकीकरणको काम गर्ने भनिएको छ ।

नेकपा स्रोतका अनुसार कार्यदलले प्रदेश कमिटीका इन्चार्ज,सहइन्चार्ज,अध्यक्षर सचिवसँग परामर्श गरेको छ । प्रदेश २ बाहेक अन्य प्रदेश अन्तर्गत स्थानीय तहको एकीकरण प्रक्रिया अघि बढेको छ । केन्द्रको निर्णय पर्खिदा ढिला हुने भएकाले प्रदेश पदाधिकारीसँगको समन्वयमा काम अघि बढाइएको हो ।

सुदूरपश्चिम प्रदेश अन्तर्गत ९ जिल्लाका सबै स्थानीय तहको एकीकरण सोमवारसम्म टुंगो लाग्ने प्रदेश अध्यक्ष कर्णवहादुर थापाले बताए । उनले प्रायः सबै जिल्लाबाट स्थानीय तह र वडा कमिटीसम्मको एकीकरण प्रतिवेदन आइसकेको जानकारी दिए । धेरै ठाउँमा नेतृत्व गर्ने व्यक्तिको नाम समेत टुंगिएको छ ।

नेकपाका प्रदेश कमिटीहरुले सबै जिल्लामा तत्कालिन एमाले र तत्कालिन माओवादीका पदाधिकारी रहेको संयन्त्रलाई जिल्ला कमिटीको अधिकार दिएको छ । उनीहरुले स्थानीय तहसम्म कार्यदल बनाएर एकीकरणको प्रस्ताव बनाइरहेको ३ नम्बर प्रदेश कमिटी सचिव आनन्द पोखरेलले बताए ।

प्रदेश ३ अन्तर्गत जिल्ला जिल्लाका ९ वटै स्थानीय तहका कमिटी एकीकरण भइसकेका छन् । प्रदेश पदाधिकारीको शनिवार बसेको बैठकले सिन्धुलीको एकीकरणलाई अनुमोदन गरेको छ । त्यस्तै रसुवामा पनि एकीकरण टुंगिएको पोखरेलले बताए । कतिपय जिल्लामा वडा कमिटीसम्मको एकीकरण टुंग्याउन लागिएको छ ।

२०७५ कात्तिक १८ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट