Fri. Mar 29th, 2024

नेता पाण्डेको स्वास्थ्य अवस्था बुझ्न बरिष्ठ नेता नेपाल अस्पतालमा


३० कात्तिक,  धादिङ –

चुनावी अभियानका क्रममा लडेर घाईते भएका एमाले पोलिटब्यूरो सदस्य राजेन्द्रप्रसाद पाण्डेको स्वास्थ्य अवस्था बुझ्न एमाले बरिष्ठ नेता माधवकुमार नेपाल बिहिबार अस्पतालमा पुगेका छन् ।

काठमाडौँस्थित मनमोहन मेमोरियल शिक्षण अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका छन् ।

मंसिर १० गते हुने निर्वाचनमा धादिङको प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेशसभा तर्फ क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेता पाण्डे बुधबार धुनिबेशी नगरपालिका – ७ तोप्लाङमा घरदैलो अभियान सकि मजुवा लिखुतर्फ जाँदै गर्दा बाटोमा चिप्लीएर घाईते भएका थिए ।

२०७४ कात्तिक ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: