Today: December 10, 2018

नेपाल तरुण दल धादिङद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

२३ असोज, धादिङ –

नेपाल तरुण दल धादिङले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
चाडपर्वको मुखमा पारेर नागरिकसंग प्रत्यक्ष सरोकार राख्ने दैनिक उपभोग्य वस्तुहरुमा सरकारले मुल्यवृद्धि गरेको विरोधमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् ।

सरकारले चाडपर्वको अवसरमा जनतालाई राहत दिनुपर्नेमा उल्टै गैर जिम्वेवार ढँङले गरेको मुल्यवृद्धि र महङगी वृद्धि भएको भन्दै विरोध जनाएका छन् । ।

दशैमा गाउँघर जाने यात्रुहरुको लागि यातायातको साधनको थप व्यवस्था गर्नुपर्ने ,गरिब, असहाय, अशक्त र विपन्न परिवारलाई तत्काल राहतको घोषणा गर्नुपर्ने तथा लोकतान्त्रिक अधिकारलाई कुण्ठित गर्ने नियतले अदालत र प्रेस स्वतन्त्रता माथि हस्तक्षेप वन्द गर्नुपर्ने लगाएतको माग राखेका छन् ।

नेपाल तरुण दल धादिङको अध्यक्ष गोपाल विश्वकर्मा सहितको टोलीले प्रमुख जिलला अधिकारी भागिरथ पाण्डे मार्फत सो ज्ञापनपत्र बुझाएका थिए ।

२०७५ असोज २३ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट