Fri. Mar 29th, 2024

विश्वकप छनौटः नेपाल आज अन्तिम खेलमा हङकङसंग भिड्दै, नेपाल जित्नै पर्ने दवाबमा

२८ फागुन,  धादिङ –

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तरगत अन्तिम खेलमा नेपालले आज चिरपरिचित प्रतिद्धन्द्धी हङकङको सामना गर्दैछ ।

समूह ‘बी’ को अंक तालिकाको पुछारमा रहेको नेपालले आज दिउँसो सवा १ बजे जिम्बावेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबमा हङकङको सामना गर्नेछ। लगातार तीन खेलमा पराजय व्यहोरेपछि एकदिवसीय मान्यता पाउने र सुपर ६ मा पुग्ने नेपालको लक्ष्य संकटमा परेको छ। तर, आजको खेलमा नेपालले जित हात पारे एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी रहनेछ।

पराजित भए पनि नेपालको एकदिवसीय मान्यता पाउन समूह ‘ए’ को नजितामा भर पर्नेछ। समूह ‘ए’ नेदरल्यान्ड्स सुपर ६ पुगे तथा यूएई बाहिरिए नेपालको एकदिवसीय मान्यता पाउने सम्भावना बाँकी रहनेछ। तर यो समिकरण पूरा हुन पनि कठिन छ। किनकी युएई २ खेलमा जित निकाल्दै सुपर ६ नजिक छ।

सुपर ६ मा पुग्न भने नेपालले हङकङलाई पराजित गरेर मात्र पुग्दैन फराकिलो अन्तरले पराजित गर्नु पर्ने हुन्छ। त्यसका लागि नेपालले हङकङलाई २ सय १८ रन भन्दा बढी (पहिले ब्याटिङ गरेर ३ सय रन बनाएको अवस्थामा) ले पराजित गर्नु पर्छ। यस्तो नजिताले नेपालले रनरेटमा अफगानिस्तान र हङकङलाई पछि पार्नेछ।

२०७४ फागुन २८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: