Tue. Mar 19th, 2024

नेपाल आइडल बुद्ध लामाको गीत युट्युबको ट्रेन्डिङ नं १ मा


९ चैत, धादिङ

नेपाल आइडल बुद्ध लामाको पहिलो गीत तिमी साथ भएपछि युट्युबको ट्रेन्डिङ नं १ मा पुगेको छ ।

पहिलो ‘नेपाल आइडल’ बुद्ध लामा पहिलो पटक आफ्नै वास्तविक स्वरको गीतगजल लिएर दर्शक तथा श्रोतामाझ आएका हुन्। अमेरिकामा बसोबास गरिरहेका गजलकार सुरेश वाग्लेद्वारा रचना गरिएको तिमी साथ भएपछि शीर्षकको गजलमार्फत गायक लामा दर्शकमाझ आएका हुन्।

गजलकार वाग्लेकै गजलगृह नामक च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो। हालसम्म यस गीतलाई ७ लाख बढीले हेरिसकेका छन् भने २७ हजार बढीले लाइकको संकेत दिएका छन्।

हरि लम्सालद्वारा सङ्गीतबद्ध उक्त गजललाई गोपाल रसाइलीले सङ्गीत संयोजन गरेका हुन्। चन्द्र चौधरीद्वारा मिक्सिङ तथा मास्टरिङ गरिएको उक्त गीत अकेष्टिक नेपालमा रेकर्ड गरिएको हो।

अर्जुन अधिकारीद्वारा निर्देशित उक्त भिडियोमा चलचित्रका लोकप्रिय जोडी पल शाह तथा आँचल शर्माले अभिनय गरेका छन्। अभिनेता पल तथा अभिनेत्री आँचलले भिडियोमा गजल भावना अनुसारको अभिनय गरेका छन्।

 

२०७४ चैत ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: