Fri. Mar 29th, 2024

रवि ओड बने नेपाल आइडल –२ को विजेता


६ पुस, धादिङ

नेपाल आइडल –२ को विजेता रवि ओड बनेका छन् । शुक्रबार भएको फाइलनमा रवि विजेता बनेका हुन् । विजेतासँगै रविले २२ लाख र गोल्डेन माइक पाएका छन् ।

त्यस्तै आइडलको फ्रस्ट रनरअप बिक्रम बराल बने । बरालले २० लाखको चेक पाएका छन् ।सेकेण्ड रनरअप सुमित पाठक भए । सुमितले १२  लाख बराबरको चेक र ट्रफी पाए । थड रनरअप अर्थात् चौथो अस्मिता अधिकारी भइन् । उनले होन्डाको स्कुटर पाएकी छन् ।

अन्नपूर्ण नेटर्वकका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, म्यानेजिङ डाइरेक्टर लक्ष्मी पौडेल, अन्नपूर्ण मिडिया नेटर्वकका ग्रुप सम्पादक विजयकुमार पाण्डे, नेपाल आइडलका निर्देशक सुरेश पौडेललगायतले पुरस्कार वितरण गरे ।

२०७५ पुस ६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: