Today: August 15, 2018

जापानले नेपाललाई ६८ करोड दिने


४ जेठ,  काठमाडौँ –

सामाजिक विकास कार्यक्रमका लागि रु ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ । जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि उपलब्ध गराउँदै आएको थियो ।

आज अर्थ मन्त्रालयमा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा राजन खनालले सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौतापछि आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव डा खनालले आर्थिक सहायता रकम प्राकृतिक विपद्बाट क्षति भएका संरचना निर्माण र बाढीपहिरो नियन्त्रणमा खर्च गरिने बताए ।

जापानी राजदूत ओगवाले प्राकृतिक विपद्मा परेका नेपाली जनताको विकासमा सहायता रकमले मद्दत पुगोस् भन्ने चाहाना रहेको बताए । जापान र नेपाल प्राकृतिक विपद्मा परिरहने मुलुक हुन् ।

२०७५ जेठ ४ गते प्रकाशित

Leave a comment


Loading...