Fri. Mar 29th, 2024

लंग आईल्यान्ड नेप्लिज सोसाईटीको पदभारग्रहण तथा सपथ

३० असार, धादिङ –

लगं आईल्यान्ड नेपलिज सोसाईटी न्युयोर्कको नया कार्यसमितीले पदभार ग्रहण तथा स्मारिका बिमोचन गरिएको छ ।

अमेरीकाको न्युयार्क स्थित लंग आईल्यान्डमा बस्ने नेपालीहरुको छाता संगठन लंग आईल्यान्ड नेप्लिज सोसाईटीको नयां कार्यसमितिले पदभारग्रहण तथा सपथ लिएका छन् । गत मे महिनामा सम्पन्न अधिवेशनले टिका ढकाललाई अध्यक्षमा निर्वाचित गरेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी सुपर लयर तथा गैर आबासिय नेपाल समाजका कानुनी सल्लाहकार खगेन्द्र जिसीले नवनिर्वाचित कार्यसमितिका सदस्यहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमका अवसरमा २०१० देखि हालसम्मको संस्थाको गतिबिधी समेटेर तयार पारिएको स्मारिका समेत बिमोचन गरे ।

नब निर्बाचित अध्यक्ष टिका ढकाल २००८ देखि हिक्सभिल न्युयोर्कमा बसेर विभिन्न सामाजिक काम र कार्यक्रममा संलग्न हुदै निबर्तमान समितीमा समेत उपाध्यक्ष थिए। त्यस्तै उपाध्यक्षहरु कल्पना थापा र बसन्त चापागाई दुबैजना निबर्तमान कार्यसमितीमा छन् ।

त्यसैगरी महासचिब राजन गौली पनि २००८ देखि हिक्सभिल लंग आईल्यान्डमा बसी समुदायमा सकृय रहनुको साथै बिगतमा बिभीन्न संघ सस्था, र शैक्षिक क्षेत्रमा संगलग्न रहि अनुभब लिइसहेका छन् । कार्यसमितीको सचिबमा शंकनारायण प्रजापति, कोषाध्यक्षमा रन्जित गौली, र सदस्यहरुमा शोभा श्रेष्ठ, राज श्रेष्ठ, जंग पाल, युबराज लम्साल, सुरज गैरे, हेमन्त शिंह, रमेश केसी र बाबुराम शर्मा छन् ।

२०७४ असार ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: