Fri. Mar 29th, 2024

ध्वस्त पुर्वाधार निर्माणपछि महादेवस्थानका स्थानीय खुसी

lagujalbiddhut

मनिष दुवाडी / १९ मंसिर,  धादिङ –

२०७२ बैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण ध्वस्त भएर उत्पादन बन्द भएपछि अध्यारोमा बस्न बाध्य महादेवस्थान ताल्ती आसपासका बासिन्दाले फेरी बत्ती बाल्न पाएका छन । दक्षिणी धादिङको महादेवस्थान गाउँ विकास समितिको ताल्तीमा ५ वर्ष अघि निर्माण भएर उपभोग गरिरहेको लघुजलविद्युत आयोजनाको नहर र पावर हाउसमा भुकम्पले क्षति पु¥याइदिएपछि उत्पादन बन्द भएको थियो ।

भुकम्पका कारण भत्किएकोे मलेखु खोला लघुजलविद्युत्त आयोजनाको पुननिर्माणको काम सकिएपछि स्थानीयहरुले विजुली फेरी उपभोग गर्न पाएका हुन । पाँच वर्ष अगाडि बैकल्पिक उर्जा प्रवद्र्धक केन्द्र मार्फत निर्माण गरिएको मलेखु खोला लघुजलविद्युत्त आयोजना ७२ वैसाख १२ गते आएको विनाशकारी भूकम्पका कारण भत्किएको थीयो । ठाउँठाउँको पहिरोले नहर भत्किएको र पावर हाउसमा समेत क्षति पुगेपछि  विद्युत उत्पादन बन्द भएको थियो ।

यु एम एन नामक अन्तराष्ट्रिय गैह्र—सरकारी संस्थाको ११ लाख रुपिया सहयोगमा भूकम्पले भत्किएका संरचना पुन निर्माण भएपछि अहिले स्थानियले विजुली वत्तीको प्रयोग गर्न पाएका छन् । स्थानिय केशव चेपाङले भने, ‘नेपाल सरकारले विस्तार गरेको लाइन यो गाउँमा आइपुगेकै छैन, बत्ती बालेर सामान्य कल कारखाना चलाएर गाउँमा काम गरिरहेकाहरुको रोजीरोटी नै खोसीएको थियो भुकम्प पछि, अहिले फेरी बत्ती बाल्न पाइएको छ । कुटानी पिसानी मिल र फर्निचर समेत चलाउन पाइएको छ ।’

विद्युत्त प्राधिकरणको केन्द्रीय प्रशारण लाइनबाट बाट टाढा रहेको महादेवस्थान ताल्ती आसपासका स्थानिय बासिन्दाहरु अहिले पुन आफ्नै गाउँमा विद्युत्त उत्पादन हुन थाले पछी आफ्नै तौरतरिकाले विद्युत्तको प्रयोग गरिरहेका छन् । भुकम्प पछी अँधारोमा जीविकोपार्जन गरिरहेका उनीहरु अहिलो कुटानी पिसानीका लागि समेत विद्युत्तको प्रयोग गर्दछन भने स–साना फर्निचर उद्योगहरु समेत चलाउन थालेका छन् । स्थानिय फर्निचर संचालक विष्णु बहादुर मगरले भने, ‘भुकम्प पछि बत्ती बन्द भइगयो, गरिरहेको काम पनि खोसियो, २ पटक सम्म विदेश जाने प्रयास समेत गरे, अहिले बत्ति बल्न सुरु भयो, आफुले जानेको काम यही छ यसैमा कमाइ भइरहेकाले फेरी सुरु गरेको छु । फर्निचर ब्यवसायबाटै परिवार पालिरहेको छु ।’

२६ किलोवाट क्षमताको मलेखुखोला लघुजलविद्युत्त आयोजनाबाट दैनिक २२ घण्टा उत्पादित बिद्युत्त ३ सय ३५ घरधुरीले प्रयोग गर्ने गरेका छन् । अहिले घरायसी काममा बाहेक पोल्टीफर्म, फर्निचर, मिल जस्ता उद्योगहरु  संचालनमा समेत सहज भएको छ । उक्त आयोजनाबाट उत्पादिन विजुलीको उपभोग गरेर महादेवस्थान गाउँ विकास समितिमा मात्रै १२ जनाले ब्यवसायिक कुखुरापालन गरिरहेका छन । त्यसैगरि २ वटा कुटानी पिसानी मिल संचालनमा रहेको छ भने एउटा फर्निचर ब्यवसाय संचालनमा रहेको छ । विद्युत उपभोग गरेबापत प्रति युनिट ७ रुपियाँको दरले विद्युत उपभोक्ताहरुसंग रकम लिने गर्दा आयोजना मर्मत र कर्मचारीलाई तलब पुर्याएर केही रकम वचत सम्म गर्न भ्याएको आयोजना संचालन गर्ने स्थानियहरुले बताए ।

 २०७३ मंसिर १९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: