Today: October 24, 2017

एनआरएनए अध्यक्षमा उम्मेदवारी दिने जमुना गुरुङको घोषणा

२६ असोज, काठमाडौं ।

जमुना गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर गुरुङले उम्मेदवारीको घोषणा गरेकी हुन् । एनआरएनएको आठौं विश्व सम्मेलन एवं महाधिवेशन शनिबारबाट काठमाडौं सुरु हुँदैछ ।
अष्ट्रेलियाका धनाड्यहरुको सूचीमा परेकी घले एनआरएनएका वर्तमान अध्यक्ष शेष घलेका पत्नी समेत हुन् ।
‘विश्वभरीबाट आउनु भएका डेलिगेट्सहरुको आग्रह एवं गैरआवासीय नेपाली संघका मुख्य स्केटहोल्डरहरुको विश्वास र अपेक्षालाई निरन्तरता दिनुपर्ने आवश्यकतालाई ध्यान दिँदै मैले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु’ उनले भनेकी छन् ।
गुरुङले उम्मेदवार एनआरएनएले निर्माण गरिरहेका मेगा प्रोजेक्टलाई समयमै सम्पन्न गर्ने, ‘भिजन २०२० एण्ड बियोण्ड’लाई सफल कार्यन्वयन गर्न योजना अघि सारेकी छन् ।
साथै आफ्नो उम्मेदवारीलाई एउटी नेपाली नारीले संस्थाको नेतृत्वका लागि देखाएको सकारात्मक पहलका रुपमा हेरिदिनुहुन अनुरोध समेत गरेकी छन् ।
 २०७४ असोज २६ गते प्रकाशित

Loading...

Leave a comment


ताजा अपडेट