Today: March 26, 2019

धादिङ समाज कोरियाद्धारा बिपन्न चेपाङ समुदायमा न्यानो कपडा वितरण


२९ पुस, धादिङ –

धादिङ समाज कोरियाद्धारा बिपन्न चेपाङ समुदायमा न्यानो कपडा वितरण गरिएको छ । दक्षिण कोरियामा रहेका नेपालीहरुको आर्थिक सहयोगमा उपलब्ध गराईएको जाडो मौसमको राहत आइतबार धादिङ समाज कोरियाका प्रतिनिधिहरुको उपस्थितिमा जिल्लाको बेनिघाट रोराङ गाउँपालिका स्थित बिकट तथा बिपन्न समुदाय मासखर्कका ४५ घर परिवारलाई जाडोको लागि आवश्यक कपडा ९कम्बल० बितरण गरिएको छ ।

उक्त सहयोग कोरियामा रहेका सकृय सामाजिक अभियान्ता हरुको समुह ून्यानो बाँड्ने अभियानू मार्फत उपलब्ध भएको थियो । यस अभियानको अर्को नाम ूमान वन अभियानू पनि रहेको छ । जसको अर्थ हुनेछ प्रति ब्यक्ति मान वन अथवा लगभव नेपाली एक हजार रुपैयाँ संकलन अभियान हो ।

कोरियामा रहेका हरुको लागि यो (मान वन) सहयोग धेरै नभएता पनि नेपालका ति बिपन्नतालाई भने ठुलो राहत मिल्न सक्ने भन्दै बिगत चार बर्ष देखि नै हरेक जाडो मौसमको अबशरमा आफुहरुले कोरियामा मान वन संकलन गरि हिमाल, पहाड, तराई कोहि छैन पराई” भन्ने नारालाई आत्मसाथ गर्दै देशको बिभिन्न बिकट, बिपन्न, पिडित तथा पिछडिएका समुदायहरुलाई यसरी नै न्यानो बितरण गर्दै आईरहेको धादिङ समाज कोरियाका अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए। यस अघिका बर्षहरुमा आफुहरुले सिन्धुपाल्चोक, सर्लाही, सप्तरी, धादिङ, नुवाकोट, चितवन, दोलखा, सुनसरी, मोरङ लगायत जिल्लाहरुका बिपन्न समुदायमा पन्ध्र सय भन्दा बढि घर परिवारलाई यसरि नै न्यानो बितरण गरिसकेको, यसपालि पनि कर्णाली प्रदेश स्थिति बिकट कालिकोटको रास्कोटमा कार्यक्रम सम्पन्न भईसकेको छ भने सिमाराको डुम बस्तीको लागि पनि तयारी भैरहेको अधिकारीले बताए ।

जिल्ला प्रसाशन कार्यालय धादिङ र रोरागं गाउँपालिका–२ को अनुमतिमा आज सम्पन्न मासखर्कको न्यानो बितरण कार्यक्रममा धादिङ समाज कोरियाको नेपाल सम्पर्क समितिका अध्यक्ष केशव श्रेष्ठ, उपाध्यक्ष सुमन सिम्खडा, राजेन्द्र थपलिया, बर्तमान धादिङ समाज कोरियाका कार्यसमिति सदस्य मिलन लामा र ब्यबसायि निर्मल थपलियाको उपस्थित रहेको थियो ।

राजधानी संगै जोडिएको जिल्ला भएता पनि राज्य बाट उपलब्ध हुनु पर्ने बिभिन्न सेवा सुविधाहरु बाट आफुहरु बन्चित हुनुपरेको छ। खाने पानिको लागि घण्टौँ बाटो धाउनु पर्ने र प्राथामिक पढाईकै लागि पनि यस्तै समस्या रहेको स्थानीयको भनाई छ । आफ्नो जमिन बाट उब्जनि भएको अन्नले आधि बर्ष पनि खान नपुग्ने सो समुदायमा खासै कसैको पनि रोजगारी रहेको छैन । जंगली कन्दमुलकको भरले जिबन जिउन र एक सरो कपडाले जाडो टार्न बाध्य ति चेपागंहरुले यो राहत प्राप्त गरेकोमा निकै खुसी ब्यक्त गरेका छन् । बिभिन्न सरकारी तथा गैह्र सरकारी संस्थाहरुले प्रदान गर्ने राहत धेरै जसो सुगम प्रभावित हुने भन्दै आफुहरु हरेक कुराले पछाडि परेकोमा स्थानीयको गुनासो रहेको छ ।

२०७५ पुस २९ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट