Fri. Mar 29th, 2024

पाविलन्यूज डट कम अनलाइन पाँचौ वर्षमा प्रवेश


१ मंसिर, धादिङ –

पाविलन्यूज डटकम अनलाइन शनिबारबाट (मंसिर १) पाँचौँ वर्षमा प्रवेश गरेको छ । धादिङ मिडिया नेटवर्कद्धारा सञ्चालित अनलाइन चौथोे वर्ष पूरा गरि पाँचौ वर्षमा प्रवेश गरेको हो ।

धादिङ जिल्लाबाट सञ्चालित अनलाइन वि.स.२०७१ मंसिर १ गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको थियो । अनलाइनले धादिङ लगायत देशैभरका कुनाकाप्चाका सुचना, सन्देश, समाचारलाई समेट्दै आइरहेको छ । स्थापनाको छोटो समयमै पाठक, दर्शक र श्रोताको मन जित्दै लोकप्रिय बन्न सफल यस अनलाईनले अझै जनतालाई सुसूचित पार्दै अघि बढ्ने जनाएको छ ।

धादिङको सदरमुकाम धादिङबेसीबाट सञ्चालन भइरहेको अनलाइनले शिक्षा, स्वास्थ्य, राजनैतिक, आर्थिक, सामाजिक, खेलकुद, मनोरन्जन तथा समसामयिक विषयबस्तुहरुलाई समेटेर सामग्रीहरु प्रस्तुत गरिरहेको छ । धादिङ जिल्ला र आसपासका जिल्लाहरुलाई विशेष प्राथमिकतामा राखेर अनलाइन सञ्चालन गरिएको अनलाइनका अध्यक्ष नवराज छत्कुलीले जानकारी दिए ।

संविधानका विविध पक्ष, राष्ट्रियताको पक्षपोषण, सुशासन र पारदर्शिता, सामाजिक परिवर्तन, नागरिकहरूको हक–अधिकार र स्वाभिमानप्रति अनलाइन सधैँ चनाखो हुँदै आएको अनलाइनकी सम्पादक सरिता श्रेष्ठले बताइन् । आगामी दिनहरुमा पनि पाविलन्यूजले समेट्ने समाचार तथा विषयबस्तुको घेरा अझै फराकिलो बनाई सुचना, सन्देश दिलाउनका लागि तत्पर रहने उनको भनाई छ ।

धादिङ मिडिया नेटवर्कद्धारा हाल पाविलन्युज डटकम अनलाइन र पाविल साप्ताहिक पत्रिका प्रकाशन हुँदै आइरहेको छ । भने युटुव च्यानल पनि रहेको छ ।

२०७५ मंसिर १ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: