Thu. Mar 28th, 2024

दौतरी शिक्षा मार्फत गाउँगाउँमा सुधारिएको प्याड निमार्ण

Jharlang Photo
१७ चैत,  धादिङ –

मासिक महिनाबारी हुदाँ घरभित्र लुकेर बसिन्थ्यो, घरपरिवार तथा अरुका अगाडि जान लाज लाग्थ्यो, कसैले थाहा पाउँछन् की भनेर घरमै लुकेर बसिन्थ्यो । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका  वडा नं २ तावलकी शर्मिला तामाङको पीडा हो यो ।

कक्षा ९ मा पढ्दै गरेकी शर्मिला महिनावारी भएको बेलामा विद्यालय नगई घरमा नै लुकेर बस्ने गर्थिन् । पेट दुख्ने, रिङगटा लाग्ने जस्ता समस्या लुकाउने गरेकी थिइन् । तर अहिले उनी खुलेर कुरा गर्छिन् । केही समय अघिको कुरा स्मरण गर्दै भन्छिन् हामी जस्तै किशोरीहरु महिनाबारी भएको समयमा विद्यालय जार्दैनथियौँ । हामीसँग न त सुरक्षाको सामग्री थियो न त चेतना नै । बजार जान टाढा हिड्नुपर्ने बाध्यता त्यसमाथि आर्थिक अवस्था कमजोर हामीमा पीडामाथि पीडा थियो ।

अहिले त्यो समाधान भएको छ । यस्ता समस्यालाई समाधान गरिदिएको छ हिम्स नेपालले । उत्तरी धादिङका री र झार्लाङका किशोरीहरु समस्यामा पिरोलिरहेको अवस्थामा स्थानिय गैर सरकारी संस्था हिम्स नेपालले यू.एम.एन धादिङ विपद व्यवस्थापन कार्यक्रम संगको साझेदारीमा यौन तथा प्रजनन् स्वास्थ्य, सुधारिएको प्याड निमार्ण लगायतका कार्यक्रम संचालन भएपछि किशोरीहरु खुसी भएको झार्लाङका सामाजिक परिचालक हरिमाया तामाङले बताइन् ।

गाउँमा नै घरेलु सामाग्रीहरुको प्रयोग गरि पून प्रयोग गर्न मिल्ने प्याड निमार्ण गर्ने तालिम लिए पश्चात किशोरीहरुले न त विद्यालय नै छोड्नु परेको छ न त अरुलाई पीडा लुकाउनु परेको छ । घरेलु सामाग्रीहरु कै प्रयोग गरी निमार्ण गर्न सकिने यस्ता सामाग्रीहरु बजारी प्याड भन्दा बलियो टिकाउ र सरल भएको झार्लाङ मा.वि. मा कक्षा ९ मा अध्ययनरत सुमित्रा तामाङले बताइन् । अहिले आफूले सिकेको कुरा अन्य साथीहरुलाई पनि सिकाउने गर्छन् ।

२०७३ चैत १७ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: