Today: November 18, 2018

धादिङमा पिङ हाल्ने विषयमा विवाद हुदाँ फायर गरिएको पेस्तोलसहित १ जना पक्राउ


१ कात्तिक, धादिङ –

धादिङ प्रहरीले पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ ।

जिल्लाको नेत्रावती डवजोङ गाउँपालिका २ केउरागाउँमा पक्राउ गरेको हो । पक्राउ पर्नेमा मार्पाकका २६ वर्षीय विशाल गुरुङ रहेका छन् । उनको साथबाट चाइनिज पेस्तोल १ वटा, गोली बुलेट राउण्ट २ थान, खोका १, म्यागजिन १ थान बरामत गरिएको छ ।

पिङ हाल्ने विषयलाई दिएर गुरुङ र केउरागाउँका स्थानीयबीच विवाद हुदाँ गुरुङले पेस्तोल निकाली फायर गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

२०७५ कात्तिक १ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट