Today: April 24, 2019

उत्तरी धादिङबाट पेस्तोल सहित ३ जना पक्राउ

 
२२ माघ, धादिङ –

धादिङ प्रहरीले पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नम्बर ५ मा रहेको मण्डली माविबाट पेस्तोल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक श्यामकुमार महतोले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा जिल्लाकै खनियाबास गाउँपालिका वडा न–५ सत्यदेबीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आषिश थापामगर र २३ वर्षीय बिशाल गुरुङ रहेका छन् । उनीहरुको साथबाट एक थान चाइनिज पेस्तोल त्यसमा लाग्ने ७ राउण्ड गोली फेला परेको छ ।

विद्यालयमा क्षेत्रीय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन भईरहेको र सो स्थानमा ति युवाहरुको कृयाकलाप शंकास्पद देखिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई खनतलासी गर्दा हतियार सहित पक्राउ परेका थिए । पक्राउ परेकाहरुलाई हिरासतमा लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

२०७५ माघ २२ गते प्रकाशित

 

 

Leave a comment


Loading...

ताजा अपडेट