Today: April 24, 2019

धादिङमा चोरीको तीन वटा मोटरसाइकलसहित ३ जना पक्राउ


१० चैत, धादिङ–

जिल्ला प्रहरी कार्यलय धादिङले तीनवटा चोरीको मोटरसाइकल सहिति तीन जनालाई पक्राउ गरेको छ ।

शनिबार बेलुकी धुनीबेशी नगरपालिका वडा नं ५ स्थित प्रभात अर्यालको आँगनमा राखेको वा ७२ प ९५९८ नम्वरको बाइक हराएको उजुरी पश्चात खोजी गर्ने क्रममा थप दुई वटा मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले जानकारी दिए ।

मोटरसाइकल हराएको सुचना पाउने वित्तिकै खोजीका लागि प्रहरी खटिएको र प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहलाई नै पक्राउ गर्न सफल भएको हो । पक्राउ परेकाहरुको साथबाट बा ७२ प ९५९८ नम्वरको २२० सिसि पल्सर, बा ९० प ३३६० नम्वरको यामाहा आर १५ र बा ८५ प ११६९ नम्वरको २०० सिसि पल्सर एन एस मोटरसाइकल चावी फुटाएको अवस्थामा बरामद गरिएको छ ।

मोटरसाइकल सहित पक्राउ पर्नेहरुमा नुवाकोट किस्पाङ गाउँपालिका वडा न ३ बस्ने किप्पा तामाङ, संजय लामा र धादिङ खनियाबास गाउँपालिका वडा नं ५ का घन बहादुर गुुुुरुङ रहेका छन् । हराएको मोटरसाइकल खोजी गर्दै जाँदा शंकास्पद अवस्थामा तीन युवाहरुलाई भेटेपछि सोधपुछको क्रममा बाइकको काजगपत्र नभएपछि अनुसन्धान गर्दै जाँदा चोरीको भएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाहरुलाई जिल्ला अदातलबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।

२०७५ चैत १० गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट