Fri. Mar 29th, 2024

क्रिस्टल प्यालेसमाथि चेल्सीको संघर्षपूर्ण जित

१६ पुुस, काठमाडौं

चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

आइतबार राति उसैको घरेलु मैदानमा भएको खेलमा क्रिस्टल प्यालेसलाई चेल्सीले १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा एन’गोलो कान्टेले गोल गरे ।

दुबै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । तर दोस्रो हाफमा चेल्सीले गोल गर्दै जित निकालेको हो । खेलको ५१ औं मिनेटमा कान्टेले गोल गर्दै चेल्सीलाई १–० गोलको अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल चेल्सीले जितेको हो ।

जितपछि लिगको चौथो स्थानमा रहेको चेल्सीले २० खेलबाट ४३ अंक बनाएको छ । पराजित क्रिष्टल प्यालेसको भने २० खेलबाट १९ रहेको छ ।

२०७५ पुस १६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: