Tue. Apr 16th, 2024

धादिङको सल्यानटारमा प्याराग्लाइडिङ प्रशिक्षण केन्द्र बनाइने


१४ असोज, धादिङ –

युवा तथा खेलकुद मन्त्रालयले प्याराग्लाइडिङको प्रशिक्षण केन्द्र स्थापनाका लागि आवश्यक स्वीकृति दिन नेपाल नागरिक उड्डयन प्रधिकरणमा पत्राचार गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदको प्रस्ताव अनुसार धादिङमा प्याराग्लाइडिङ ट्रेनिङ सेन्टर तथा हवाइ मैदानका लागि मन्त्रालयबाट मन्त्रीस्तरीय निर्णय अनुसार नागरिक उड्डयन प्राधिकरणमा पत्राचार भएको हो ।

प्रदेश ३ अन्तर्गत गोरखाको सीमानामा रहेको धादिङको सल्यानटार र प्रदेश १ अन्तर्गत सुनसरीको बराहक्षेत्र आसपासमा हवाइ मैदान तथा ट्रेनिङ सेन्टरका लागि प्रस्ताव भएको छ ।

त्यसअनुसार प्राधिकरणले हवाइ मार्गको रुट निर्धारण गर्ने भएका कारण मन्त्रालयले पत्राचार गरेको हो । नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघको टेक्निकल टोलीले स्थान छनोट गरी राष्ट्रिय खेलकुद परिषदमा राखेपमा पेश गरेको थियो । राखेपले सोही अनुसार मन्त्रालयमा पत्राचार गरेको थियो ।

प्राधिकरणबाट स्वीकृति पाएपछि पूर्वाधार निर्माण लगायतका काम सुर हुने मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म पोखरा र स्याङजामा मात्र प्याराग्लाइडिङ प्रशिक्षण स्थल छन् । स्याङजामा एकेडेमी रहेको र पोखरा बढी व्यवसायिक ठाउँ रहेकाले प्याराग्लाइडिङ खेलाडीहरुले नै सुरक्षित र बैकल्पिक ट्रेनिङ सेन्टरको माग गरिरहेका छन् ।

हालै सम्पन्न १८औं एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेपछि प्याराग्लाइडिङको बिकासका लागि राखेप र मन्त्रालय पनि उत्तरदायी देखिएको छ ।

 

२०७५ असोज १४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: