Thu. Apr 18th, 2024

परदेशी र घरदेशीको सम्बन्ध विग्रनुको मुख्य कारण शंका

रामकुमार थापा-
बैदेशिक रोजगारमा परदेश र घरदेशमा रहेका श्रीमान र श्रीमती बीच एक आपसमा शंका उत्पन्न हुदा धेरैको पारिवारीक सम्बन्ध टुटेको छ । बर्षौ श्रीमतीबाट टाढा रहेका श्रीमान र श्रीमानबाट टाढा भएका श्रीमती बीच समान बुझाई नहुदा धेरैको घर उजाडीएको छ ।
दिलमाया नाम परीवर्तन धादिङका एक महिलाको श्रीमान बैदेशिक रोजगारको लागी मलेसीया गएको ३ बर्ष भयो । सुरुका दिनमा श्रीमान र श्रीमती बीच निकै धेरै माया, विश्वास र सहयोग थियो । परिवारमा दुई छोरा थिए । उनीहरु नियमित स्कुल पनि गईरहेका थिए । तर अवस्था फेरीएको छ ।
मिलेर बसेको परिवार अहिले एकाएक भत्किएको छ । जेठो छोरा कमाउन काठमाण्डौ पसेको छ बुबाको गाली सुनेर कान्छो छोरा पढ्न जान नमान्ने भएको छ । श्रीमतीलाई मनोसामाजिक समस्याले सताएको छ ।
शंकाकै भरमा अहिले ती श्रीमान श्रीमती बीच बोलचाल नै बन्द भएको छ । श्रीमतीलाई फोन गर्दा फोन व्यस्त भएको र फोन उठाउदा केटा मानिसको आवाज सुनको भन्दै श्रीमतीलाई तथानाम गालि गर्ने, मार्छु भन्ने र घरबाट निस्केर जाँ भन्ने समेत गरेका छन् ।
परेवाको जोडी जस्तै भएका श्रीमान श्रीमती अहिले दुई खोलीको किनारा जस्तै बन्न पुगेका छन् । श्रीमानले श्रीमतीलाई फोन नगर्ने र छिमेकी र घर परिवारलाई फोन गरेर श्रीमतीको बारेमा बढी चासो राख्ने र परिवारले पनि त्यस्तै नराम्रो छ भनेर कुरा लाईदिदा समस्या झन् जटील बनेको छ ।

घरमा फोन नगरेको १ बर्ष हुन लागीसकेको छ । यसैगरी पैसा नपठाएको पनि त्यती १ बर्ष पुगीसकेको छ । दिलयामाँ जस्तै अर्की नाम परीवर्तन हरीमायाँको पनि अवस्था उस्तै छ । केटा मानिस सँग बोलेका र फोनमा व्यस्त बनेकोे भन्दै श्रीमानले उनलाई पनि शंका गर्न थाले । परपुरुष सँग सम्बन्ध रहेको भन्दै श्रीमानले घरछाडेर हिड्न चेतावनी दिए भने फोन र पैसा दुवै कुरा बन्द गरे ।

नेपालमा बस्ने मात्र हैन अहिले विदेशमा बस्नेलाई पनि शंका गर्न थालिएको छ । हरीराम नाम परिवर्तन साउदीमा काम गर्न गएका तीन बर्ष भयो । सुरुसुरुमा परिवार सँग राम्रो सम्बन्ध थियो । तर अहिले श्रीमतीले पनी उनलाई शंकाको नजरले हेर्न थालिएको छ । फोन नगरेको, फोन गर्दानी नउठाएको र फेसबुकमा केटीसँग बसेको फोटा राखेको भन्दै यता श्रीमतीले गाली गर्ने, रिसाउने र बोल्ननै छाडेकी छिन् । यी त प्रतिनिधि पात्र मात्र हुन् । यस्ता समस्या झेल्न धेरै परदेशी र घरदेशीहरु छन् ।बास्तविक नबुझी अर्काको कुरा सुन्नेहरुको बढी घरबार विग्रीएको छ । शंकाको कारणले नै अहिले धेरैलाई मानिशिक समस्या निम्तिएको छ ।
शंका भनेको के हो ।
शंका गर्नु मानवीय स्वभावभित्र पर्ने कुरा हो । जब अविस्वासको वातावरण हुन्छ तव शंका गर्ने गरिन्छ । चाहिने कुरामा शंका गर्नु त ठिकै हो तर चाहिने भन्दा पनि बढी शंका गर्नुभनेको चाँहि आफ्नै लागी घातक हो । श्रीमान विदेश गएपछि बढी चियोचर्चो गर्ने, फोन गर्ने समय फरक प¥र्यो भने शंका गर्ने, केटीलाई भेट्न पो गए कि भनेर शंका गर्ने, कोठामा केटी ल्याएरपो बसेको छ की भन्ने, अलि ठुलो स्वरमा बोलेपनि उसको त उतै केटी होला त्यही भएर ठुलो स्वरमा बोलेको भन्ने जस्ता जुन कुरालाई पनि शंकाको नजरले हेर्ने गरेको पाईन्छ ।
यसैगरी, श्रीमानले पनि आफू विदेश भएका बेलामा श्रीमती अन्त कतै अरू केटासँग घुम्न जान्छे कि, घरमा कसैलाई बोलाउँछे कि, आफूलाई कुनै कुरामा ढाँटिरहेकी छे कि ? भनेर शंका गरिरहेका हुन्छन । यसैगरी बजार वा आफन्तमा गएको छ भनेपनि को सँग गएको, सिटमा को बसेको थियो, तिमित कुनकेटासँगै सँगै हिडेको थियौ रे नी ? नक्कली फेसबुक एकाउन्ट बनाउर श्रीमती सँग कुरा गर्ने, विदेशमा सँगै कामगर्ने केटालाई आफ्नो श्रीमतीको मन चोर्न लगायउने जस्ता काम गर्ने गरेको पनि पाईन्छ । सुरुवातमा सामान्य खालको शंका हुन्छ । त्यसले दुई जनामा छिटफुट झगडा हुने गर्छ ।

यस्ता झगडा सजिलै साम्य हुन्छ । परदेशीका परिवारमा सुरmसुरुमा सामान्य शंकाको भरमा फोनमा झगडा पर्ने, एक दुई दिन फोनमा कुरा बन्द हुने गर्छ । जब शंकाको तह बढ्दै जान्छ, त्यसले समस्या पनि थप्दै जान्छ । शंकाको घेरा बढ्दै जान्छ । उनीहरुको यही अवस्था कायम रहीरह्यो भने झन जटील बन्दै गईरहेको छ । शंका नै एकआपसमा रहिरह्यो भने उनीहरुलाई लाग्छ की अब त यसले मलाई मायानै गर्दैन, समयनै दिदैन, केयर गर्दैन कतै न कतै ऊ अरूसँग लागेको छ भन्ने शंका धेरै गर्छन ।

बैदेशिक रोजगारमा गएका घरमा कलह, कुटपिट हुँदै मर्ने र मार्नेसम्मका घटना पनि यही शंकाको कारणले निम्ताएको पाईन्छ । शंका लागीरहने वा बढी शंका गर्नुपर्ने मानसिक समस्या हो । परामर्शबाट उनीहरुलाई पहिलाकै अवस्थामा फर्काउन सकिन्छ । धादिङमा यस्ता घट्नाहरु पछिल्लो समय बढ्दै गईरहेको छ ।
२०७४ भदौ ३० गते प्रकाशित

 

 

About The Author

Loading...