Today: December 19, 2018

प्रदेश ३ सरकारले धादिङ र गढीमा शान्ति पार्क निर्माण गर्ने

१ मंसिर, धादिङ –

तीन नम्बर प्रदेश सरकारले २ वटा महत्वपूर्ण शान्ति पार्क निर्माण गर्ने योजना ल्याएको छ । योजना अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिकामा मजदुर शहिद स्मृती पार्क र मकवानपुरको मकवानपुरगढि गाउँपालिकामा रुद्र स्मृति पार्कको निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ ।

शुक्रबार आन्तरिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा भएको छलफलमा सम्भाव्यता अध्ययन गरेर चालु आर्थिक वर्षबाट नै निर्माण अगाडि बढाईने जानकारी गराईएको थियो । अहिले पार्क निर्माण क्षेत्रमा गाउँपालिकाहरुको सिमित रकमबाट कार्य समेत भईरहेको छ । २ वटा पार्क निर्माणका लागि १/१ करोड बजेट समेत विनियोजन भईसकेको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले पार्क निर्माण गर्दा रोजगारी, आर्थिक गतिविधि, क्षेत्रगत विकास पनि प्रभाव पार्नुपर्ने उनको भनाई थियो । यस्ता बृहत योजना सञ्चालन गर्दा क्रमागत योजना बनाउनुपर्ने बताए । पार्कहरु बनाउँदा आन्तरिक तथा बाह्य पर्यटकहरु आकर्षण गर्ने वातावरण सिर्जना गनुपर्ने उहाँको धारणा रहेको छ । ‘पार्क निर्माण गर्न जति सजिलो छ त्यसलाई व्यवस्थापन तथा संरक्षण गर्न धेरै अप्ठ्यारो पनि रहेको छ ।’ त्यस्तै कार्यक्रमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले विगतको महत्पूर्ण व्यक्तिहरुसंग गाँसिएको पार्क निर्माण गर्न प्रदेश सरकार अग्रसर भएको बताए ।

यी पार्कहरुको निर्माणमा प्रदेश सरकारले प्रमुख भुमिका निर्वाह गर्ने पनि जानकारी दिए  । धादिङमा निर्माण गरिने पार्कको अनुमानित लागत करिब १० करोड लागतमा चेपाङ संग्रालय, तालिम हल, भ्युप्वाईन्ट, पिकनिक स्पोट, गेस्ट हाउस, वाकिङ स्ट्रिटलगायतका संरचना निर्माण गर्ने योजना रहेको छ । त्यसैगरी मकवानपुरमा निर्माण हुने पार्कको करिब साढे ६ करोड लागत रहेको छ । पार्कहरुमा पिकनिक स्पोट, बाल उद्यान, गोल घर, मन्दिर, व्यवसायिक सटर, स्विमिङ पुल, मैत्री बगैचा, भ्युप्वाईन्ट लगायतका संरचना निर्माण हुने गाउँपालिकाले जानकारी दिएको छ ।

कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिब आनन्दराज ढकाल, प्रदेश सांसद कुमारी मोक्तान, मकवानपुर गढि गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईं, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिब रमेश शिवाकोटी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब राजकुमार श्रेष्ठ, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतहरु भीम परियार, हर्षबहादुर थापालगायत सहभागि थिए । कार्यक्रममा गाउँपालिकाका ईन्जिनियरहरुले पार्कको बारेमा प्रस्तुतीकरण समेत दिएका थिए ।

२०७५ मंसिर १ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट