Fri. Mar 29th, 2024

धादिङबेसीको पार्किङ अव्यवस्थित

सृजना लम्साल / २६ असोज, धादिङ –

साधुरो सडक, अव्यवस्थित पार्किङ । न पैदल हिड्ने बाटो नै छ न सवारी पार्किङ गर्ने ठाउँ । अव्यवस्थित पार्किङले धादिङबेसी बजारको सुन्दरतालाई कुरुप बनाएको छ ।

सडकको दाँयाबाँया जथाभावी रुपमा सवारी साधनको पार्किङले पैदल हिड्ने यात्रु मात्र होइन व्यावसायी पनि आजित भएका छन् । पैदल यात्रु हिड्ने बाटोमा सवारी साधन रोकिदिनाले पैदल यात्रुहरु सडकको बीचबाटोबाट हिड्नु पर्ने बाध्यता छ ।

बंैक तथा वित्तिय संस्था संचालन भएको ठाउँमा झनै पार्किङको समस्या हुने गरेको छ । यातायातका साधनको बढ्दो चापले गर्दा पनि पार्किङ व्यवस्थापनमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । धादिङ सदरमुकाम धादिङबेसीको निकै नै व्यस्त रहने बजार बीचबजार, पुछारबजार लगायतका क्षेत्रमा भीडभाड बढी हुने गर्दछ ।

पार्किङले आधा सडक नै ढाकिदिने गर्दछ । कताबाट हिड्नु पैदल यात्रु सानुकान्छा परियार बताउँछन् – ‘बजार क्षेत्रमा सहज रुपमा हिड्ने वातावरण हुनुपर्छ, नगरपालिकाले उचित व्यवस्था गरिदियोस् ।’ एकतातिर सडकमा फूटपाथका सामान राख्ने गरेको अर्कोतिर पैदल यात्रु हिड्ने पेटी नहुदाँ सास्ती खेप्नु परेको छ । व्यस्त रहने सडकबाट हिड्नुपर्दा दुर्घटना हुने गरेको पाइन्छ ।

अव्यवस्थित पार्किङले व्यापारीहरुले पनि हैरानी खेप्नु परेको छ । पसल अगाडि पार्किङ गरिदिनाले सामान किन्न आउने ग्राहक घटेको व्यापारीको भनाई छ । विद्यालय तथा कार्यलयको समयमा झनै बढी समस्या हुने गरेको छ ।

सवारी पार्किङका लागि धादिङबेसी बजार क्षेत्रमा पार्किङ, नो पार्किङको साइनबोर्ड पनि राखिएको छ । तर त्यसको कुनै ख्यालै नगरि अनावश्यक रुपमा जताततै पार्किक गर्ने गर्दछन् । ट्राफिक प्रहरीहरुले सवारी साधन पार्किङको लागि विभिन्न नियम बनाएपनि सवारी चालकले पालना गरिराखेको पाइदैन ।

धादिङबेसीमा बसपार्क क्षेत्र सानो भएका कारण सिमित सवारीसाधन मात्र वसपार्कमा रहने गर्दछन् । अन्य सवारी साधन घर अगाडि राख्नाले पनि समस्या हुने गरेको छ । नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुङगानाले अब छिट्टै नै नयाँ वस पार्क निर्माण गरिने बताए । सवारी साधनको चाप बढी भएका कारण व्यवस्थापनमा समस्या भएको भन्दै व्यवस्थित रुपमा ठूलो वसपार्क निर्माण गरिने बताएका छन् ।

२०७४ असोज २६ गते प्रकाशित

 

About The Author

Loading...

अन्य समाचारहरु: