Today: October 22, 2018

दिवगंत आफन्तको सम्झनामा शतविज छरियो, धादिङको पशुपतीमा पनि भव्य मेला

meela

१३ मंसिर, धादिङ-

आज मार्ग कृष्ण चतुर्दशी अर्थात बालाचतुर्दशी तिथि, दिवगंत आत्माको चिर शान्तीको कामना गर्दै देशभरका पशुपति मन्दिरहरुका साथै सदरमुकाम धादिङबेशी नजिकै रहेको पशुपति मन्दिरमा शतविज छरिएको छ ।

रातभरि महादीप बालेर भजनकिर्तन गरि जाग्राम जाग्राम बसेका भक्तजनहरुले बिहान सबेरै नदी तथा खोलामा नुहाएर शतबीच छरेका हन् ।

आइतबार रातभर सदरमुकाम धादिङबेशी नजिकै रहेको पशुपति मन्दिरका साथै जिल्लाका विभिन्न पशुपति मन्दिरहरुमा भव्य मेला लागेको थियो ।

शतबीज छर्नाले पितृहरुले सद्गति प्राप्त गर्छन् र आफ्नो सन्ततिलाई धनधान्यले सम्पन्न हुने आशिर्वाद दिन्छन् भन्ने धार्मिक मान्यता छ ।

२०७३ मंसिर १३ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट