Fri. Mar 29th, 2024

गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्न चुनावः प्रधानमन्त्री देउवा

१४ असार, डडेल्धुरा – 

 

 

प्रधानमन्त्री शेरबहादुर देउवाले आज स्थानीय तहको निर्वाचनमा गन्यापधुरा गाउँपालिका–१ रुवाखोलाको असिग्राम उच्च मावि मतदान केन्द्रमा मतदान गरेका छन् । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले बिहान ८ बजेर ७ मिनेटमा मतदान गरेका हुन् । प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी डा आरजु राणा देउवाले पनि मतदान गरेकी छन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री देउवाले गाउँको सरकार गाउँकै जनताबाट स्थापना गर्नका लागि स्थानीय तहको निर्वाचन भइरहेको बताए ।

स्थानीय सरकार निर्माण भइसकेपछि संविधानको पूर्ण कार्यान्वयन हुने र विकास निर्माणका कामहरु चुस्त, दुरुस्त र पारदर्शी रुपमा अगाडि बढ्ने उनले बताए ।

प्रधानमन्त्री देउवाले मतदान गरेको असिग्राम उच्च माविको मतदान केन्द्र सदरमुकामदेखि २१ किमी दक्षिण पूर्वमा रहेको छ । उनले स्थानीय बासिन्दासँग कुरा गर्दै मतदाता नामावली यहीँ भएकाले भोट हाल्न आएको बताए । ‘निर्वाचनलाई उत्सवका रुपमा लिनुपर्छ, त्यसैले मतदानमा सबैजना सहभागी हुनुपर्छ,’ प्रधानमन्त्री देउवाले मतदान पछि भने ।

देउवाले कक्षा ५ सम्म असिग्राम उच्च माविमै अध्ययन गरेका थिए । प्रधानमन्त्री देउवा कैलालीको धनगढी हुँदै बिहीबार काठमाडौं फर्कने कार्यक्रम छ ।रासस
२०७४ असार १४ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: