Fri. Mar 29th, 2024

राष्ट्रिय कविता महोत्सवमा धादिङकी सुनिता खनाल भइन् द्धितीय

९ असार, धादिङ –

राष्ट्रिय कविता महोत्सवमा कवि एवम् पत्रकार फूलमान वल प्रथम भएका छन्। काभ्रेपलान्चोक जिल्लाका कवि वलले ‘इन्द्रेणीको गीत’ शीर्षकको कविता वाचन गरेका थिए। रित पुगेका दुई सय २९ कविताबाट छानिएका ३६ कविलाई पछि पार्दै बल प्रथम भएका हुन्।

प्रतियोगितामा धादिङकी सुनिता खनाल द्धितीय भइन्। उनले ‘श्यामश्वेत फोटो’ शीर्षकको कविता वाचन गरेकी थिइन ।

त्यसैगरी तेह्रथुमकी एलिना दुलाल, रामेछापका जीवन खत्री, मोरङकी मेनुका चापागाईं तृतीय भए। दुलालले ‘लाहुरेकी स्वास्नी’, खत्रीले ‘एउटा अर्को प्यास’ र चापागाईंले ‘बिराएछु बाटो’ शीर्षकको कविता वाचन गरेका थिए।

२०२२ सालदेखि नेपाल प्रज्ञा प्रतिष्ठान हरेक वार्षिकोत्सवमा असार ९ गते राष्ट्रिय कविता महोत्सव गर्दै आएको छ। प्राज्ञ सभा सदस्य शशी लुमुम्बुका अनुसार प्रथमले ३० हजार र स्वर्ण पदक, द्वितीयले २५ हजार र रजत पदक पाउनेछन् भने तेस्रो स्थान प्राप्त गर्ने तीन जनाले २० हजार नगद र कास्य पदक पाउनेछन्।

२०७५ असार ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: