Today: October 22, 2018

धादिङमा यसरी मनाइयो ६३ औं प्रहरी दिवस (फोटो फिचर)


२५ असोज, धादिङ –

६३ औँ प्रहरी दिवस बिहिबार विभिन्न कार्यक्रमको आयोजना गरी मनाइदैछ । प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

देशभर नै प्रहरी दिवस मनाइरहेका बेला जिल्ला प्रहरी कार्यलय धादिङले पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । दिवसको अवसरमा जिल्ला प्रहरी कार्यलय धादिङको परिसरमा निर्माण गरिएको अमर प्रहरी स्तम्भको उद्घाटन गरिएको छ । विभिन्न संघसंस्थाको सहयोगमा निर्माण गरिएको स्तम्भको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल र प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले संयुक्त रुपमा उद्घाटन गरे ।  कार्यक्रमको अवसरमा जिल्ला प्रहरी कार्यलयलाई विभिन्न समयमा सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिलाई सम्मान गरिएको थियो ।

२०७५ असोज २५ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट