Today: January 19, 2019

धादिङका प्रहरी अब सुविधासम्पन्न भवनमा


२५ पुस, धादिङ –

साढे तीन वर्ष अघि गएको विनाशकारी भूकम्पले धादिङ जिल्लामा रहेका प्रहरी चौकीहरु भत्किएका थिए । भवन नहुदाँ समस्या भोग्दै आइरहेका प्रहरीको भवन निर्माण कार्य अहिले धमाधम चलिरहेको छ । टेन्डमा बसेर सेवा दिदैँ आइरहेका केही प्रहरीको सुविधा सम्पन्न भवन निर्माण सम्पन्न भइसकेको छ भने अन्य निर्माण कार्यमा नै रहेको प्रहरी नायव उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए २०७२ सालको भूकम्पमा जिल्ला प्रहरी कार्यालयसहित प्राय सबै भवन ध्वस्त भएका थिए । भूकम्पपछि त्रिपालबाट सेवा प्रदान गर्दै आइरहेका प्रहरीहरु सुविधा सम्पन्न भवनमा सरेका छन् ।

लामो समयसम्म पालमा बसेर सेवा गरिरहेका प्रहरीहरु भने यतिबेला भवन निर्माण सम्पन्न भएपछि आफ्नै प्रहरी कार्यालयमा बसेर सेवा गर्न थालेका छन् । जिल्लामा भूकम्पपछि जिल्ला प्रहरी कार्यालयको भवन निर्माण सम्पन्न भएको छ । नवनिर्मित भवनको विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले उद्घाटन गरे । चार करोड २२ लाख ४७ हजार नौ सय ३३ रुपैयाको लागतमा भवन निर्माण गरिएको प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिए । भवनमा १२ वटा कोठाहरु रहेका छन् ।

राष्ट्रिय पुन निर्माण प्राधिकरण कोषको सहयोगमा निर्मित जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकको आवास भवन पनि निर्माण गरिएको छ । कुल २ करोड ३६ लाख ९७ हजार ३ सय २७ रुपैयाको लागतमा भवन निर्माण भएको हो । त्यस्तै चार करोड २२ लाख ७९ हजार दुई सय ९६ रुपैयाको लागतमा हिरासत कक्षसहित २६ कोठाको भवन निर्माण गरिएको बिकले बताए ।

भूकम्पमा भत्किएका प्रहरी कार्यालयका भवनहरु केही निर्माण सम्पन्न भएका छन् भने केही निर्माणको अन्तिम चरणमा रहेका छन् । केही प्रहरी चौकीहरु भने वजेट भएपनि जग्गा अभावमा निर्माण हुन सकेको छैन । विनाशकारी भुकम्पबाट जिल्ला प्रहरी कार्यालय धादिङसहित ९ वटा प्रहरीका भवन पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए । अहिले ती भवनहरुको पुनर्निर्माण कार्य भइरहेको छ ।

२०७५ पुस २५ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट