Today: July 16, 2018

प्रदेश ३ को नीति तथा कार्यक्रम बैशाख ११ गते आउने


३० चैत,  हेटौडा –

प्रदेश ३ को नीति तथा कार्यक्रम बैशाख ११ गते आउने भएको छ। बिहीबार सम्पन्न प्रदेश ३ मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बैशाख ११ मा नीति तथा कार्यक्रम आउने जानकारी दिएका हुन्।

बैठकमा नीति तथा कार्यक्रमबारे छलफल भएको भन्दै ढुंगेलले कृषि, पर्यटनलगायतका विषय प्राथमिकतामा रहेको जानकारी दिए। बैठकबाट सातवटा निर्णय भएको जानकारी प्रवक्ता ढुंगेलले दिए।

बैठकले प्रदेशसभा सदस्यहरूको मर्यादाक्रम प्रतिनिधिसभा र राष्ट्रियसभापछि निर्धारण गरेको छ भने प्रदेशसभा सचिवको योग्यता, काम, कर्तव्य र अधिकारसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत गरेको छ।

त्यस्तै, सवारी साधन खरिद मापदण्डसम्बन्धी विधेयक, प्रादेशिक दुग्ध विकास बोर्ड गठन ऐन, २०७४ सम्बन्धी विधेयक र प्रदेशको संचित कोष कार्यविधिसम्बन्धी विधेयक पनि बैठकबाट स्वीकृत भएका छन्। बैठकले आकस्मिक कोष, २०७४ सम्बन्धी विधेयक र विनियोजन ऐन, २०७४ सम्बन्धी विधेयकको अवधारणापत्र पनि स्वीकृति गरेको छ।

२०७४ चैत ३० गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट