Today: December 16, 2018

जरादेखिको उपचारको लागि प्राकृतिक चिकित्सा : सापकोटा

विश्व स्वास्थ्य संगठनका अनुसार स्वास्थ्य भनेको रोग तथा दुर्वलतावाट मुक्त हुनु मात्र नभई सम्पुर्ण शारिरीक मानसिक तथा सामाजिक रुपवाथट तन्दुरुस्त हुनु पनि हो । अहिले नेपालमा मेडिकल शिक्षा विवादको घेरामा परेको छ । कतिपय व्यक्तिहरुले मेडिकल कलेज संचालन गर्नको लागि थुप्रै संरचना वनाईसकेको अबस्थामा यो संरचना कहिले र कहाँ वनाउने भन्ने विषय पनि छलफलमा आएको छ । विगत केहि वर्षदेखी मेडिकल शिक्षावाट उत्पादन जनशक्तीहरु अब मुलुक प्राथमिक उपचारको क्षेत्रमा पनि अगाडी वढेको हामीले पाएका छौ । अहिले विद्यमान रहेका अस्पतालहरुवाट प्राप्त सेवाले मात्र आम नागरिकको उपचार सम्भव नभएपछि प्राकृतिक उपचारलाई पनि प्राथमिकताका साथ अगाडी बढाईएको छ । यहि क्रममा साबिक नवलपरासी जिल्ला रजरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयले पछिल्लो समय धेरैलाई उपचार दिएको छ । २०६७ साल असारवाट संचालन भएको यस अस्पतालमा सुरुमा ५२ बेड थियो भने अहिले ८२ बेड संचालनमा आईसकेको छ । ३०० बेड संचालन गर्ने संचालकहरुले बताएका छन् । अस्पतालमा उपचारका लागि आउने विरामीहरुले २ महिना अगाडी नाम टिपाएर पालो कुर्न पर्छ । खाने वस्ने सहित दिनको १ हजार रुपयाँ खर्च गरेर उपचार हुन्छ । उपचारको लागि एक हप्तादेखी महिनादिन सम्म लगातार वस्नुपर्ने संचालकहरु वताउछन् । यसै क्रममा पाविल न्युज डट कमले साविक नवलपरासी जिल्ला रजरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरी सापकोटा संग कुराकानी सारसंक्षेप

 अहिले पछिल्लो समय प्राकृतिक उपचार पद्धतीले यो विषय अगाडी बढिरहेको छ । यहाँहरुले अस्पताल नै संचालन गर्नुभएको छ ,वास्तवमा यो प्रकृतिक उपचार भनेको के हो, यसको उपचार कसरी गरिन्छ ?

यो प्रकृतिक चिकित्सा भन्ने बितीक्कै हाम्रो शरिरको बनावट पञ्च तत्वले वनेको हुन्छ , यसको कमीको कारण हुने चिजलाई सन्तुलन राख्ने काम प्राकृतिक चिकित्साले गर्दछ । बिना औषधी , विना सल्यक्रिया प्रकृतिक साधनहरु आकाश, वायु , अग्नी , जल र पृथ्वीको प्रयोग गरी उपहास फलाहार रसाहारको प्रयोग गरी प्राकृतिक रुपमा जडिबुटीको प्रयोग , व्यायम र आरामको सन्तुलन , सामाजिक एवम् व्यक्तिगत अनुशाशन ऐन नियमको पालना गर्दै उपचार गरिने चिकित्सा बिधी हो । जुन विधीमा मालिस, फिजीयो थेरापी, प्राकृतिक चिकित्साका अन्य साधनहरुमा अकुपेङचर ,स्टिम,अकुप्रेसर लगाएतका विधीवाट उपचार गरिन्छ । जुन विधी र प्रक्रिया अबलम्वन गर्दै शरीर सोधन गरेर स्वास्थ्य राख्ने काम प्रकृतिले गरेको हुन्छ त्यहि विधीलाई साँचो अर्थमा शरिरको सफाई गर्न सकियो भने त्यसलाई प्रकृतिक चिकित्साको रुपमा लिईन्छ ।

अहिले नेपाल लगाएत विश्वमा यति ठुला ठुला अस्पतालहरु पनि संचालनमा आएका छन् त्यहा उपचार गर्नेहरु लाईन पनि त्यत्तिकै छ , अब यो भिँडमा प्राकृतिक चिकित्सा भिन्न भईकन पनि कसरी यसले आम नागरिकको बिचमा पुग्न सक्ला ?

देशभरमा हजारौ मेडीकलहरु छन् । यदि त्यो बिधीवाट सहि उपचार हुन सकेको भए अथवा रोगलाई निर्मुल पार्न सकेको भए यति धेरै अस्पतालहरु पनि आवश्यक पनि थिएनन् र जन्मिदै गरेको रोगीहरु पनि रोगी भएर पनि जन्म लिने थिएन । वास्तवमा एलो पेप अन्य चिकित्सा प्रणालीमा कस्तो छ भन्दा जरालाई उपचार भएन हाङगा विङगा काट्ने खालका मात्र उपचार पद्धती भयो । यो उपचार पद्धती भनेको यस्तो पद्धती हो जसले जरादेखी नै उपचार गर्छ , रोगको गहिराईमा पुग्छ त्यसको लक्षणको उपचार गर्दैन त्यसको कारणको उपचार गर्छ । यहाँ एउटा समस्याको उपचार गरिसकेपछि त्यो समस्या फेरी दोहोरीएर आउँदैन । एलोपेथलाई हामीले नराम्रो भन्न खोजिएको पनि होईन उसका राम्रा पक्ष पनि छन् डाईगनेजिस् गर्नु पर्छ तत्काल ईमरजेन्सीमा सल्यक्रिया गर्नुपर्छ । तर जुनसुकै रोगलाई पनि जबरजस्ती औषधी दिने प्रवित्ती भएको छ , त्यसले त्यो रोगको लक्षण हराउने तर अरु समस्याहरु उत्पन्न हुने समस्या भयो । त्यो भएको कारण अन्य विधामा काम गर्ने डक्टरहरुलाई विनम्रता पुर्वक के अनुरोध छ भने आफु विरामी हुदा प्राकृतिक विद्या अपनाउने एउटा देउता सम्झेर आएको बिरामीलाई तथानाम औषधी लेख्ने जुन काम भएको छ , त्यो गलत छ त्यसलाई सुधार्न सकियो भने धेरै मेडिकल कलेज पनि आवश्यक पनि छैन धेरै अस्पताल पनी आवश्यक छैन र धेरै विरामी पनि हुदैनन् । त्यसैल नेचुरल विधी यस्तो विधा हो जसले उसको जराको उपचार गर्छ रोगको कारणको उपचार गर्छ त्यसकारणअहिले योग र नेचुर विधीको माग भएको छ । किनभने कुनै पनि विधामा कुनै नि समस्या देखीएपछि त्यसका विकल्प हुन्छन् । यो हाम्रो पुर्वीय दर्शनमा आधारीत विधी हो । हाम्रो वेध पुराण गीतामा यो कुरा उल्लेख छ तर चिरफार गर्ने काम पश्चिमावाट भएको छ ।

 हामीले प्राकृतिक उपचारको कुरा गरिरहदा नेपाल मात्र होई दक्षिण यसीयामा नै यो प्राकृतिक उपचार पद्धती एकदम कम मात्रामा देखिएको छ , यो अवस्थामा यहाहरुले रजरमा प्राकृतिक उपचार केन्द्र संचालनमा ल्याउनुभएको छ , यो सन्दर्भमा यो संचालन गर्ने सोच कसरी वनाउनुभयो र यो कसरी अगाडी बढिरहेको छ ?

म आफै संग जोडिएका कुराहरु पनि यसमा रहेका छन् । म आफै धेरै रोगहरुसंग जोडिएको थिए । मैले विभिन्न उपचार पद्धतीमा उपचार गराउदा पनि जिवन रक्षा नभएपछि म आफै जिवनरक्षाको निम्ती भौतारिदा यो निचुरवेदिक जुन पोखरमा संचालित थियो त्यहाँ उपचारको निम्ती म पुगेपछि आफुले रोगबाट उन्मुक्ति पाएपछि यो विधाको वारेमा काम गर्ने नैतिक जिम्वेवारी ठानेर काम थालेको हु ।

अहिले यहाले त्यहाको व्यवस्थापन हेरीरहनुभएको छ , त्यहाको संरचना त्यहाको उपचार पद्धती के छ छोटकरीमा वताईदिनुस् न ?

हामीले जस्तो रुघा, खोकी , उल्टी लगाएत भएर आएका विरामीहरुलाई करिव एक हप्ता राख्दा पुरै स्वास्थ्य अवस्था सुधार आईहाल्छ , तर अहिले हामी कहाँ आउने बिरामीहरु सवैतिर चहार्दा पनि नभएर अन्तिम अवस्थामा यहा आउने गरेको पाईएको छ । धेरै विग्रिएर आउने विरामीहरुमा १ महिना भन्दा वढि पनि वसेको पाईन्छ । विरामीले जे अपेक्षा गरेर आएको हुन्छ त्यो पुरा प्राप्ती गरेर जान्छ ।

अहिले विज्ञानको युग भनिन्छ , वैशानिकहरुले रोगको उपचार विधी पनि पत्ता लगाए र औषधी उपचार पनि पत्ता लगाए , अव ति औषधीहरुले पनि निको पार्न नसकेका रोगहरु कसरी निमुल पार्नुहुन्छ ?

उपचार विधीमा प्राकृतिक अनुशासनमा वस्ने , प्राकृतिक उपचार पद्धती अपनाउने हो भने कुनै पनि समस्या उत्पन्न हुदैन । हामीले धेरै प्राकृतिक कुराहरुलाई उल्लघन गर्दै गयौ आहार विहारमा असन्तुलित हुदै गयौ त्यसकारण रोगका सिकार हुदै गएका हौ , अब विज्ञानले ल्याएको परिवर्तनलाई के भन्न चाहान्छु भने विज्ञानले ल्याएको परिवर्तनवाट विरामी निको भएका छन् त यदि छन् भने विरामीहरु अस्पताल गएर पनि किन निको हुन सकेका छैनन् । त्यसैले हामी सवैले स्वास्थ्य जिवन जिउनको लागि प्राकृतिक शैलिवाट जिवनयापन गरौ रोग आफै निको हुन्छ ।

यहाँको चिकितसालयमा आएका विरामीहरु कस्ता आएका छन् , र कसरी उपचार गर्नुभएको छ केहि उदाहरण वताईदिनुस् न ?

हामी कहाँ आउनुभएको विरामीहरु जस्तै प्रेसर , किड्नी फेलका समस्याहरु प्रेसरका प्यारालाईसिसका विरामीहरु , सुगरका बिरामीहरु , २४ घण्टा निन्द्रा नलाग्ने र डिप्रेसन भईसकेका बिरामीहरु लगाएतका आक्रान्त रोगहरु लिएर विरामीहरु आउने गर्दछन् । यस्ता विरामीहरु स्थायी रुपमा नै स्वस्थ भएर फर्केका छन् ।

 विना उपार विना सल्यक्रिया यसको उपचार पद्धती के हो ?

सुरुमा हामीले जिवनशैली सुधारवाट जान्छौ, एउटै विरामीलाई हामी २ घण्टा सम्म काउन्सलिङ गर्छौ । विरामीका आहार विहार उसका दिनचर्या लगाएतका सवै कुराहरुलाई हामी गहिराई वाट वुझ्छौ । अनि विरामीको निम्ती सुद्ध प्राकृतिक खानेकुराहरु यहि उत्पादन गरेका छौ विशेषगरी योगा , लगाएका कुराहरु हामीले यहाँ संचालन गर्ने छौ । यसैगरी माटो तताएर शरीरलाई सेक्ने कुराहरु गर्नेछौ , तातो चिसो पानीको स्नान गर्ने कुराहरु , पेट सफा गर्नको लागि कोलन हाईड्रो थेरापी गराउछौ , जडिबुटी मसाजका कुराहरु पनि रहनेछ यसरी विभीन्न पद्धतीबाट उपचार गर्नेछौ ।

 नेपालमा यसका अस्पतालहरु कति छन् र जनशक्ति कति रहेको छ ?

काठमान्डौ पोखरा भैरहवा आदी शहरहरुमा संचालनमा रहेका छन् , हामीले सबै सुविधा सम्पन्न गरेर निर्माण गरेका छौ यसको लागि हामीलाई नेपाल सरकारले नै जग्गा उपलव्ध गराएको छ । हामीले अस्पताल मात्र होईन मेडिकल कलेजहरु पनि निर्माण गर्ने लक्ष्य लिएका छौ । नेपालमा यो विधामा काम गर्ने डक्टरहरु २८ जना हुनुहुन्छ । सवैले व्यक्तिगत क्लिनिकहरु संचालन गर्नुभएको छ रजरमा जस्तो अस्पताल नपालमा कहि पनि संचालनमा आएका छैनन् ।

यहाले संचालन गर्नुभएको अस्पतालको क्षमता कस्तो रहेको छ , एक दिनमा कति जना विरामी सम्म उपचार गर्न सक्नुहुन्छ ?

यसको संचालनको लागि २०६४ सालमा महायज्ञ लगाएर २ करोड पुजीँ तिन करोड वरावरको जग्गा यो रजरवासीहरुले प्रदान गर्नुभएको हो । हामीले ५२ सैयाँ वाट सुरु गेका थियौ । हामी कहा विरामीहरु छुट माग्नको लागि आउनुहुन्न यहा आउने विरामीहरु ६० रुपयाको खाना खान्छ , १०० रुपयाँको वेड चार्ज तिर्छ । एक जना विरामीले आफुलाई उपचार पद्धती राम्रो लागेर आफ्नो श्रीमानको नाममा ३० सयाँको क्याविन वनाईदिनुभएको छ । नेपाल सरकारले ७ करोड भन्दा वढि रकम पुँजी अनुदानमा सहयोग गर्नुभएको छ । यसवाट हामीले २०० वेडको तिन तले विल्डिङ निर्माण गरेका छौ । समग्रमा अहिले हामी कहाँ २८२ जना विरामी राख्ने क्षमता छ । महिला पुरुषको क्याविन फरक छ , वेडहरु फरक छ । उपचार दिने युनिट नै फरक छ । महिलालाई चेक गर्ने डक्टर महिला नै हुनुहुन्छ , पुरुषलाई गर्ने पुरुष हुनुहुन्छ । यहाहरु उपचार गर्न आउनुस् हामी निको गर्ने प्रतिवद्धता गर्नेछौ ।

२०७५ असोज ९ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट