Thu. Mar 28th, 2024

म्यान्चेष्टर सिटीले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि

 

३ बैशाख,  धादिङ –

इंग्लिस प्रिमियर लिगको उपाधि म्यान्चेष्टर सिटीले जितेको छ ।

आइतबार राति भएको खेलमा म्यान्चेष्टर युनाइटेड प्रिमियर लिगले वेष्टब्रमसँग अप्रत्यासित पराजित भएपछि म्यान्चेष्टर सिटीले उपाधि हात पारेको हो ।

वल्ड ट्राफर्डमा घरेलु टिमलाई हराउनका लागि जेय रोद्रिगेजले खेलको ७३ औं मिनेटमा गोल गरेका थिए । प्रिमियर लिगमा युनाइटेडले पाँच खेल खेल्न बाँकी रहँदा १६ अंकले पछि छ । ३३ खेलमा दुईवटामा मात्र पराजय भोगेको सिटीले ९३ गोल गरेको छ भने २५ गोलमात्र खाएको छ ।

सिटीको सातौं सिजनमा यो तेस्रो प्रिमियर लिग उपाधि हो । प्रशिक्षक पेप ग्वार्डिओलाको भने यो २४ औं उपाधि हो ।

२०७५ बैशाख ३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: