Thu. Mar 28th, 2024

धादिङ र काभ्रेमा एम्बुलेन्स संचालन गर्न कोरियामा लाइभ कन्सर्ट गरिने


१८ साउन, धादिङ –

कोरियाको महान पर्व छुसकको अवसर पारेर रिदम लाइभ कन्सर्ट हुने भएको छ । प्रवासी नेपाली एकता, आजको आवश्यकता, सामाजिक सेवामा हाम्रो सामुहिक प्रतिबद्धता भन्ने नारा सहित आँउदो २४ सेप्टेम्बरमा हुन लागेको हो । चर्चित कलाकारहरुको साथमा नौलो धादिङ समाज तथा काभ्रे सम्पर्क समितिको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना हुन लागेको हो ।

कन्सर्टबाट संकलित रकमले जिल्लाको विकट र एम्बुलेन्स अभाव रहेको ठाँउमा एम्बुलेन्स सहयोग गरिने आयोजकले बताएका छन् । एम्बुलेन्स अभावमा बिरामीलाई समयमा नै हस्पिटल पु¥याउन नसक्दा धेरैको ज्यान गएको दुखद खबरलाई मध्यनजर गर्दै सहयोग गर्ने बताएका छन् ।

विभिन्न चर्चित कलाकारका साथ रिदम लाइभ कन्सर्ट (सांगितिक धमाका २०१८ सियोल ) नामक कार्यक्रम हुन गइरहेको कार्यक्रम संयोजक तथा धादिगं समाज कोरियाका अध्यक्ष सन्तोष अधिकारीले जानकारी दिए । म्युजिकल लाइभ कन्सर्टमा धुम मच्चाउन सदाबहार लोकप्रिय गायक दिपक बज्राचार्य, चर्चित कलाकारहरुमा चर्चित लोकदोहोरी गायिका बबिता बाँनिया (जेरि), नव उदयमान चर्चीत गायिका पुर्णिामा लामा, मोडल तथा हट डान्सर अञ्जली अधिकारी, मोडल तथा चर्चित कलाकार रक्षा श्रेष्ठ, चर्चित हाँस्य कलाकार तथा उद्घाघोषक राजा राजेन्द्र पोखरेल सहितको प्रस्तुती रहने छ ।

१०१ सदस्यीय कार्यक्रम मुल आयोजक कमिटि गठन गरि सचिवालय तथा विभिन्न उप समितिहरु गठन रनिर्माण गरिएको सचिवालय सचिव राजेन्द्र दुलालले बताए ।

२०७५ साउन १८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: