Tue. Mar 19th, 2024

हावाहुरीले धादिङ नुवाकोट जोड्ने निर्माणाधिन पक्की पुल भत्कायो

????????????????????????????????????

१२ चैत, धादिङ-

हावाहुरीका कारण धादिङको गल्छी गाउँपालिका वडा नं १ र नुवाकोटको बेलकोट गढी नगरपालिका वडा नं ५ मा जोड्ने त्रिशुलीनदीमाथीको निर्माणाधीन पक्की पुल भत्किएको छ ।

धादिङको सदरमुकामबाट सुनौलाबजार खाल्टे फोस्रेटार हुँदै नुवाकोटको बेलकोटगढी नगरपालिका जोड्नको लागि त्रिशुली नदीको केउरेनीमा निर्माणाधिन पक्की पुलको ढलान गर्न तयार पारिएको फ्रेम सोमबार साँझ आएको हावाहुरीले भत्काइदिएको हो ।

५ वर्षअघि देखि निर्माण सुरु गरिएको भएपनि उक्त पुलको निर्माण कार्य आधापनि सकिएको थिएन । २०७४ आषाढ मसान्तसम्ममा बनाइसक्नुपर्ने भएपनि ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण १ वर्ष थप गरि निर्माण सम्पन्न गर्ने अन्तिम मिति २०७५ चैत्र मसान्तसम्म तोकिएको थियो ।

पुलको जम्मा १ सय मिटर मात्रै ढलान भएको छ भने अर्को १ सय मिटर ढलान गर्ने तयारी गर्ने क्रममा हावाहुरीले भत्काइदिएको साइड इन्चार्ज सुरेशबाबु पाण्डेले बताए । ढलान गर्ने तयारी अवस्थामा राखिएको फ्रेम सवै भत्काइदिएपछि ५० लाख हाराहारीमा क्षति भएको पाण्डेले बताए ।

१५ करोड ११ लाख ३५ हजार ५ सय ६४ रुपैयाको लागतमा बन्ने पुल १९२ मिटर लामो हुनेछ । निर्माण गरिसक्नुपर्ने अवधी सकिनै लाग्दासमेत काममा ढिलाइ भइरहेको स्थानीयहरुको गुनासो आइरहदा हावाहुरीले समेत पुल भत्काइदिएपछि पक्की पुलबाट ओहोर दोहोर गर्ने स्थानीयहरुको सपना फेरी पर धकेलिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: