Today: September 26, 2018

भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणका बाँकी काम सिध्याउन ६ खर्ब लाग्ने

३१ भदौ, काठमाडौं –

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएका संरचना पुनर्निर्माणका लागि अब ६ खर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।

आइतबार अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिसँगको छलफलमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक संरचनाको पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी काम सक्न ६ खर्ब रुपैयाँ लाग्ने बताएका हुन् ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चालू आर्थिक वर्षभित्रसम्ममा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने उल्लेख गर्दै त्यसपछि ६ खर्ब लाग्ने बताएका हुन् ।

२०७३ साल वैशाखमा प्राधिकरणले तयार पारेको विपद् पश्चातकको पुनर्लाभ कार्यढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरेको थियो । पुनर्निर्माण सुरु भएको ३ वर्षमा प्राधिकरणले एक तिहाइ पनि रकम खर्च गर्न नसकेको देखिएको छ ।

प्राधिकरणले पुर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको थियो । पुनर्निर्माणका लागि चालू आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

पुनर्निर्माणका लागि आवश्यक रकम जुटाउन सरकार र दातृ निकायसँग छलफल भइरहेको सीईओ ज्ञवालीले बताए ।

नेपालको पुर्निर्माणका लागि आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुक सहित दातृ निकायहरुले प्रतिबद्धता जनाएको कूल ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब उद्धार तथा राहत सहितका कार्यक्रममा खर्च भइ ३ खर्ब ४३ अर्ब रहेकोमा त्यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ ।

२०७५ भदौ ३१ गते प्रकाशित

Leave a comment


Loading...

ताजा अपडेट