Tue. Mar 19th, 2024

किन बढ्दैछ दुर्घटना ?


राजाराम शर्मा –

गत शुक्रबार गजुरी गाउँपालिकाको जरेखेत नजिकै एउटा बस दुर्घटना भयो र ६ जना घाइते भए । यसअघि चालुवर्षमै पृथ्वी राजमार्गको मुग्लिङ–नौविसे खण्ड र त्रिभुवन राजपथको नागढुंगा–पालुङ खण्डमा यो  भन्दा ठूला दर्घटना भए र राष्ट्रका गहना मानिएका व्यक्तित्वको समेत नीधन भयो । सदरमुकाम र शहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा चल्ने साधन पनि दुर्घना भैरहेका छन् ।

विश्व स्वास्थ्य संगठनको  २०१५ को  प्रतिवे दनलाई आधार मान्दा प्रत्ये क वर्ष एक दशमलव २५ मिलियन मानिसले  सडक दुर्घटनामा ज्यान गुमाइरहे का छन् । यसको  ९० प्रतिशत मध्यम तथा निम्न आय हुने  दे शका पर्ने  गरे का छन्, जहाँ विश्वको  ५४ प्रतिशत मात्र सवारी साधन छन् । यो  तथ्यांकबाट हामी दुर्घटनासँग दे शको  आर्थिक र सामाजिक अवस् था जो डे र हे र्न सक्छौ  । विश्वका ५४ प्रतिशत सवारी साधन चल्ने  विपन्न तथा मध्यमस् तरका दे शमा ९० प्रतिशत घटना हुने  र ४६ प्रतिशत गाडी चल्ने  विकसित दे शमा १० प्रतिशत मात्रै  दुर्घटना हुने  स् िथतिबाट के  बुझ्न सकिन्छ भने  ने पालजस् ता अल्पविकसित दे शका नागरिक नै  बढी दुर्घटनाका शिकार बन्ने  गरे का छन् ।

यस् ता दे शका नागरिकको  आर्थिक अवस् था मात्र हो इन चे तनास् तर पनि न्यून हुने  गरे का कारण दुर्घटना बढ्ने  गरे को  दे खिन्छ । यो  अवस् थालाई हे रे र हामी आम नागरिकमा समे त ट्राफिक सचे तनाको  अभियान अघि बढाउन आवश्यक छ । सचे त नागरिक र नागरिक समूहले  यसमा सहयो ग गर्नुपर्छ ।
सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो । तर, सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ ।

दुर्घटनामा निर्दोष नेपालीहरुले अकाल मृत्युवरण गर्नु परेको छ । अपांङ्ग भएर बांच्न बाध्य छन्, धनको क्षति त्यतीकै छ दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षती भईरहेको छ । यस्तो, अवस्थामा एक पक्षले अर्कालाई दोषारोपण गरिरहने भन्दा पनि सडक दुर्घटनाका पक्षहरु को–को हुन्, न्युनीकरणका लागि के गर्नु पर्छ, नीतिगत रुपमा के  परिवर्तन गर्नु पर्छ भन्ने बारेमा सबवैको ध्यान आकृष्ट हुन जरुरी छ ।सडकमा यात्रा गरे कै  कारण कुनै  पनि यात्रु मारिनु निकै  संवे दनशील विषय हो  । विकसित मुलुकहरुमा एउटा क्षेत्रमा यति धे रै  नागरिकको  ज्यान जाने  विषयलाई निकै  संवे दनशील रुपमा लिइन्छ । यसलाई नियमित घटनाको  रुपमा लिएर बिर्सने  हो इन दुर्घटनाका कारणको  गहिरो  अध्ययन गरी दुर्घटना रो क्नतिर ध्यान दिनु सबै को  सरो कारको  विषय हो ।

पछिल्ला दिनमा धादिङ आसपासमा दुर्घटनाको  संख्या बढे को  छ । त्यसो  त दुर्घटनाबाट हुने  वार्षिक मृत्यु दर पनि यो  वर्ष उच्च नै छ । दुर्घटनाको  संख्यामा बृद्धि भइरहनु निश्चय नै  चिन्ताको  विषय हो  । दुर्घटना न्यूनीकरणका कार्यक्रम बनाउँदा यो  अवस् थाको  पनि गहिरो  अध्ययन गरिनुपर्छ । सानै  उमे रमा क्षमताभन्दा बढीका मो टरसाइकल चलाउन खो ज्ने  र भार थे ग्न नसके र दुर्घटना भएका धे रै  घटना छन् । सामान्यतः ट्राफिक नियममा ठूला सवारीसाधनकै  कारणले  दुर्घटना हुने  गरे को  मानिन्छ तर यो  बनिबनाउ बुझाइले  मात्र पुग्दै न । ठूला सवारी चालक जिम्मे वार हुनुपर्छ र दुर्घटनापछि हुने  कारवाहीको  भागीदार उनीहरु हुनुपर्छ भन्ने  कुरा ठिकै  हो तर यसको  अर्थ साना सवारी साधन चालकलाई जिम्मे वार बनाउने तिर नजरअन्दाज गरियो  भने  दुर्घटना न्यूनीकरणको  प्रयासले  सार्थकता पाउने  दे खिदै न ।

नेपालमा यातायातका साधनहरुको आयात अनियन्त्रित र असन्तुलित हुनु सडक दुर्घटनाको कारण हो । वर्षभरिमा दुईलाख भन्दा बढि सवारी साधनहरु नेपाल भित्रिन्छन् । जनताका सेवाका लागि यातायातको साधनको आयातमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको काम वैज्ञानिक र व्यवहारिक देखिएन । सर्वसाधारणको सेवा दिने ठुला सवारी साधनहरु थोरै आयातले यात्रुहरुले कोचिएर यात्रा गर्नु पर्ने अवस्था भयो । निजी सवारी साधनहरु मोटरसाइकल, कार आयात भने अनियन्त्रीत भित्रिनाले सडकमा भिड सिर्जना गरिदियो जसले दुर्घटनालाई निम्त्यायो ।

अधिकांश चालकको  लापरवाहीका कारण सवारी दुर्घटना हुने  गरे को  ट्राफिक प्रहरीको  निष्कर्ष छ । दुर्घटनाका तीन कारणमध्ये  यो  नै  सबै भन्दा बढी दे खिएको  कारण हो  । चालकको  लापरवाही, सडकको  अवस् था र सवारी साधनको  अवस् थालाई दुर्घटनाको  कारण मान्ने  गरिन्छ । त्यसमा पनि मानवीय कारण अर्थात चालकको  लापरवाहीका कारण धे रै  दुर्घटना हुने  गरे को  दे खिएको  छ । यसलाई न्यून गर्न चालकलाई सचे त बनाउने  र गल्ती गनेर्  चालकलाई हदै सम्मको  कारवाही गनेर्  कुरामा नै  जो ड दिनुपनेर्  दे खिन्छ ।

अर्कोतर्फ ने पालमा सडकको  अवस् था निकै  दयनीय छ । गाडी पनि प्रायः पुरानै  रहने  गरे का छन् । त्यसमा पनि बढी चालकलाई सचे त बनाउन सकियो  भने  दुर्घटना कम गर्न सकिने  छ । गाउँमा सडक खन्नु र सवारी गुडाउनुलाई गाउँलेहरु गर्व मान्छन् । सवारीमा यात्रा गर्ने सपनालाई साकार पार्न सबै मिलेर सडक त खन्छन् तर सवारी गुडाउनका लागि उपयुक्त सडक बन्यो कि बनेन त्यसबारे परिक्षण नै नगरी देशका अधिकांश पहाडी तथा ग्रामिण क्षेत्रमा स्थानिय श्रोत साधनबाट सडक विस्तार गरी सवारी कुदाउने गरेका छन् जुन दुर्घटनाको कारणका रुपमा देखिएका छन् ।

सडकमै हाट बजार लगाउने, घर टहरा बनाउने, पसलहरु थाप्ने, सडक अवरुद्ध हुने गरी निर्माण सामग्रीहरु थुपार्ने, कर संकलनका नाममा ढाट तथा घुम्ती राख्ने, सुरक्षा चेकपोष्टका नाममा जिकज्याक (व्यारियर्स) राख्ने, पशु पंक्षी छाडा छोड्ने, सडकमै धान पराल सुकाउने, जथाभावि सवारी पार्किङ गर्ने कार्यले दुर्घटना बढाएको छ ।

लामो रुटमा चल्ने केही सवारी साधनहरु बाहेक छोटा तथा सहरी क्षेत्रमा सञ्चालित अधिकांश सवारी साधनहरु पुराना छन् । प्राविधिक तथा यान्त्रिक रुपमा अनुपयुक्त सवारी साधन गुडिरहेका छन् । सवारी सञ्चालन गर्न हुने नहुने भेहिकल फिटनेश टेष्ट गर्ने प्राविधिक सम्बन्धी सवारीका श्रमिक सहचालक हुने गरेको छ । सहचालकबाट हुन नसके अनुभवका आधारमा बनेका मिस्त्रिबाट मर्मत हुने गरेको छ । जिर्ण सडक, जिर्ण सवारी साधन क्षमता भन्दा बढी लोड दुर्घटनाको कारण बनेको छ ।

सडक दुर्घटना हुनु र छानविन समिति बनाउनु वा विभिन्न राजनीतिक दलले समवेदना प्रकट गर्नु खासै नौलो विषय होइन । तर, अहिलेसम्म कति छानविन समिति बने, ती समितिले के काम गरे, तिनको रिपोर्ट कहाँ छ, के सुझाव दिए र त्यो सुझावले सरकारलाई कति मद्दत ग¥यो ? यसमा सरकार नै अनविज्ञ छ ।
ने पालमा सवारी साधन दुर्घटना हुने मुख्य तीन कारण छन्, सडक, साधन र चालक । यी तीनपक्ष नै सुदृढ अवस्थामा नभएकैले दुर्घटना बढेको पाइन्छ । यदि यी अवस्थाहरु ठीक छन् भने दुर्घटना कम हुन सक्छ र ठीक छैन भने सवारी दुर्घटना बढी हुने गर्छ । यदि सरकारले सडक दुर्घटना कम गर्न चाहन्छ भने यी तीनवटा कुरामा ध्यान दिई उचित कदम चाल्नु उचित देखिन्छ । अन्यथा, जति नै छानविन समिति बनाए पनि र जति प्रतिवेदन बनाए पनि दुर्घटना कम गर्न सकिँदैन ।
सडक दुर्घटना हुनुमा प्रतिशतको मात्रा फरक हुनसक्ला तर दोष सबै पक्षको छ । कुनै एक पक्षलाई मात्र दोष लगाएर आफु पन्छिन खोज्नु कि त पानीमाथीको ओभानो हुन खोज्नु हो कि त जो होचो उसैको मुखमा घोचो भन्ने उखान जस्तै मात्र हो ।

२०७४ फागुन २८ गते प्रकाशित

About The Author

Loading...