Fri. Mar 29th, 2024

इजरायलका लागि राजदूत सिफारिस शाक्य

३० कात्तिक,  काठमाडौं

कात्तिक २५ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गरे। बैठकले विभिन्न देशमा रिक्त रहेका राजदूत पदमा नियुक्तिका लागि सिफारिसलगायत निर्णय गरेको छ।

बिहीबार सार्वजनिक निर्णय अनुसार पूर्वमन्त्री तथा पूर्वराजदूत नीलाम्बर आचार्य भारतका लागि आवासीय तथा अफगानिस्तान र भुटानका लागि गैरआवासीय नेपाली राजदूत नियक्तिका लागि सिफारिस भएका छन्।

पूर्वराजदूत उदयराज पाण्डे मलेसियाका लागि आवासीय तथा इण्डोनेसिया र ब्रुनाइ दारुसलामका लागि गैरआवासीय राजदूत नियुक्तिका लागि सिफारिस भएका छन्।

बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल–संयुक्त अरब इमिरेट्सका लागि आवासीय राजदूत र त्यसैगरी इजरायलका लागि डा. अञ्जान शाक्यलाई नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको छ।

इजरायलका लागि नेपालका आवासीय राजदूत तथा साइप्रसका लागि गैरआवासीय राजदूत  निरञ्जनकुमार थापालाई फिर्ता  बोलाउँदै सरकारले रिक्त स्थनमा डा. शाक्यलाई राजदूत सिफारिस गरेको हो। मन्त्रिपरिषद् निर्णय सार्वजनिक भएपछि शाक्यको चर्चा चुलिएको छ।

२०७५ कात्तिक ३० गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: