Fri. Mar 29th, 2024

त्रिशुली नदि प्रदुषणको विरोधमा राजमार्गमै ¥याफ्टिङ (भिडियो सहित)

२९ पुस,  धादिङ –

त्रिशुली नदीको संरक्षणको माग गर्दै मलेखुका स्थानीयहरु र ¥याफ्टिङ व्यवसायीहरुले पृथ्वीराजमार्गमै ¥याफ्टिङ चलाएका छन् । मलेखु भद्रकाली बजारदेखि पेट्रोलपम्पसम्म ¥याली गर्दै सडकमा ¥याफ्टिङ बोकेर विरोध जनाएका थिए । राजमार्गको छेउछवै ¥याफ्टिङ बोकेर हिडेका स्थानीयहरुले भजन मार्फत नै त्रिशुली नदीमा भइहरको प्रदुषण बढिरहेकोमा विरोध जनाएका थिए । नदिमा प्रदुषण बढेपछि ¥याफ्टिङ गर्नै नमिल्ने भएकाले विरोध स्वरुप राजमार्गमा चलाउदै विरोधमा उत्रिएको प्राकृतिक सम्पदा संरक्षण समितिका अध्यक्ष श्रवण त्रिपाठीले बताए ।

१२ महिना नै धमिलो हुने गरि प्रदुषण र बालुवा प्रशोधन केन्द्र (फिरफिरे) को चपेटामा परेकोले संरक्षणका लागि सांकेतिक रुपमा प्रदर्शन गरिएको संरक्षण अभियन्ता निर्मल थपलियाले बताए । त्रिशुली नदिको संरक्षणको माग गर्दै मलेखुका स्थानीय र ¥याफ्टिङ व्यावसायीले पृथ्वी राजमार्गमै ¥याफ्टिङ चलाएका हुन् ।

पर्यटन व्यवसायी, होटल व्यवसायी स्थानीय लगायत प्राकृतिक सम्पदा संरक्षण समितिका अभियन्ताहरुले नदिमाथिको अतिक्रमण र प्रदुषण बन्द गराउन पटकपक स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउँदै आइरहेका छन् । त्रिशुली नदी पछिल्लो समयमा अतिक्रमणको चपेटामा पर्न थालेपछि हिँउदमा समेत सफा र कञ्चन पानी बग्न पाएको छैन । राजमार्ग र त्रिशुली नदीको बिचमा खुलेका बालवा प्रशोधन केन्द्रले त्रिशुली नदीलाई मात्रै होइन पृथ्वी राजमार्गलाई पनि उत्तिकै प्रदुषित बनाईरहेको छ ।

भिडियो

२०७४ पुस २९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: