Thu. Mar 28th, 2024

धादिङमा ३८ प्रतिशत राजश्व बृद्धि

८ साउन, धादिङ –

अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्षमा राजश्व संकलनमा बृद्धि भएको छ । धादिङ जिल्लाबाट आर्थिक वर्ष २०७३÷०७४ मा ३६ करोड ७४ लाख रुपैयाँ राजश्व संकलन भएको थियो भने गत आर्थिक वर्ष २०७४÷०७५ मा ३८ दशमलव ४४ प्रतिशतले बृद्धि भइ ५० करोड ४९ लाख राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यलय धादिङले जनाएको छ ।

राजश्व संकलनमा बृद्धि भएपनि १ अर्व रुपैया भने फिर्ता (फ्रिज) भएको छ । विकास निर्माण र अनुदान प्रयोजनको लागि धादिङ जिल्लामा आएको १ अर्व भन्दा बढी रकम खर्च हुन नसकी फ्रिज भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यलय धादिङका अनुसार गत आर्थिक वर्षका लागि नेपाल सरकारले पठाएको रकम मध्ये वर्ष १ अर्व रुपयाँ खर्च हुन नसकी फ्रिज भएकोे हो ।

गत आर्थिक वर्ष २०७४÷७५ लागि नेपाल सरकारको तर्फवाट धादिङमा आएकोे कुल १९ अर्व १५ करोड रुपैया मध्ये ९५ प्रतिशत अर्थात १८ अर्व २७ करोड रुपैया मात्रै खर्च भइ १ अर्वभन्दा बढी रकम फ्रिज भएको हो ।

जसमध्ये चालु खर्च तर्फ ३६ करोड रुपयाँ फ्रिज भएको छ भने पुँजीगत खर्च तर्फ ५२ करोड र विविध तर्फ १६ करोड रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यलयका धादिङका प्रमुख यज्ञ प्रसाद ढकालले बताए ।

फ्रिज रकम मध्ये चालु तर्फ कर्मचारीको तलव भत्ता र सामाजिक सुरक्षा भत्ता रहेको छ भने पुँजीगत तर्फ समयमै सम्पन्न नभएका विकास निर्माणका काम तथा योजनाहरुको रकम रहेको छ । तोकिएको दरवन्दी अनुसारका कर्मचारीहरु विकासे अड्डाहरुमा नहुनले पनि विकास निर्माणको काममा ढिलासुस्ती भएको र त्यसको असर बजेट फिर्तामा समेत देखिएको कोलेनिका धादिङले जनाएको छ ।

गत आर्थिक वर्षमा कोष तथा लेखा नियन्त्रक कार्यलय धादिङले भुकम्प पिडीतलाई १० अर्व ५८ करोड रकम वितरण गरेको थियो भने धादिङ जिल्लाका १३ वटा स्थानिय तहहरुलाइ ४ अर्व ३१ करोड रुपयाँ वित्तिय हस्तानतरण गरेको थियो ।

२०७५ साउन ८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: