Today: October 24, 2017

प्रहरी दिवसको अवसरमा १३९ जनाले रक्तदान गरे

२६ असोज, धादिङ ।

रक्तदान जिबन दान भन्दै धादिङ जिल्ला कारागारमा रहेका कैदीवन्धीहरुले आज पहिलो पटक रक्तदान गरेका छन् ।

६२ औ प्रहरी दिवसको अवसरमा भएको रक्तदान कार्यक्रममा ५१ जना कैदिवन्धीहरुले रक्तदान गरेका हुन् ।शान्ती सुरक्षा र शुशासन जनमैत्री प्रहरी र प्रशाशन भन्ने मुल नाराका साथ मनाईएको छ ।

प्रहरी दिबसको र्काक्रममा जिल्ला प्रहरी कार्यलय धादिङले आयोजना गरेको रक्तदान कार्यक्रममा जिल्ला प्रहरी कार्यलय अन्तरगत का प्रहरी हरु ५५ हिरासतमा रहेका ४ जना थुनुवाहरु म्यादी प्रहरीमा भर्ना हुन आएका २० जना युवाहरु साथै पत्रकार र महिला अधिकारकर्मी ९ जना गरी १३९ जनाले रक्तदान गरेका थिए ।

२०७४ असोज २६ गते प्रकाशित

Loading...

Leave a comment


ताजा अपडेट